नेका र नेजस सदस्यसम्बन्धी भेला

नेका र नेजस सदस्यसम्बन्धी भेला


लण्डन । गणतन्त्र दिवसको अवसर पारी बिदेशी नागरिकता र नेपाली कांग्रेस सदस्यता सम्बन्धमा छलफल गर्न आयोजित भेला लण्डन अल्पर्टनमा युवराज गुरुङको अध्यक्षतामा गत शनिबार सम्पन्न भयो। उक्त भेलाका प्रमुख अतिथि बाल मुकुन्द जोशीले विधानभन्दामाथि कोही पनि बस्न नमिल्ने, हालको अवस्थामा विदेशी नागरिकको स्वत नेपाली नागरिकता समाप्त हुने हुनाले अहिले विदेशी नागरिकता लिएकाले नेपाली जनसम्पर्कको सदस्यता लिन नपाउने र कार्य समितिमा रहेका विदेशी नागरिकता लिएका सदस्यहरुले नैतिकताका आधारमा पनि तुरुन्त आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताए।

भेलामा अतिथिका रुपमा उपस्थित भएका नेपाली जनसम्पर्क समितिका संस्थापक सभापति पुरुषोत्तम पौडेलले विगत चुनावमा प्यानल बनाई निर्वाचन गराउनु नै आजको समस्या भएको र नेपाली कांग्रेसको ईतिहासमा कहिल्यै पनि प्यानल मतपत्र उल्लेख नभएको स्मरण गराउँदै प्रस्ट रुपमा नेपालीमा लेखिएको सदस्यतासम्बन्धी प्रावधानमा नेपाली नागरिकता नभएकाले कुनै पनि तह र तप्कामा सदस्यता लिन नपाउने भन्ने हुँदाहुँदै किन केन्द्रीय कार्यसमितिलाई सोध्नुपर्ने के हामीले नेपाली नै पढ्न जान्दैनौ भनेर प्रतिप्रश्न गरे। निजले अहिले साथीहरुले उठाउनु भएको मुध्दा जायज छ, यो वैधानिकता छ र मेरो पूर्ण समर्थन छ भने।

अर्का वक्ता नेपाली जनसम्पर्क समितिका पूर्व सभापति विनोद मोक्तानले नेपाल जनसम्पर्क समितिका साथीहरुले विधानविपरीत काम गर्दै जाने र सकृयता सदस्यता पनि बाँढ्न खोजिएमा आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए। भेलामा उपस्थित सोलिसिटर राजु थापाले नेपाल राज्यको संविधानको नागरिकतासम्बन्धी व्याख्या र नेपाली कांग्रेस सदस्यतासम्बन्धी विधान पढ्दा र हालै नेपाल जनसम्पर्क समितिको बारेमा प्रकाशित समाचारहरु नियाल्दा अहिलेको नेपाल जनसम्पर्क समितिनै अवैध छ भने।

नेपाल जनसम्पर्क समितिका पूर्व उपसभापती शिवजी श्रेष्ठले साथीहरुले अहिलेको आवाज जनसम्पर्क समितिका पदाधिकारीहरुलाई नभई GLOBAL ISSUE भएकोले दोहोरो नागरिकता घोषणा नगर्दासम्म विदेशी नागरिकहरुले नेपाली कांग्रेसको सदस्यता लिन नमिल्ने बताए। साथै आज देशले गणराज्य दिवस मनाइरहँदा सबै नेपाली मूलका नागरिक पनि वैधानिक, सैधान्तिक किसिमले एकजुट भै शान्ति र नयाँ संबिधान आगामी एक वर्षमा पूरा गर्नु पर्ने धारणा राखे।

नेपाल जनसम्पर्क समितिका पूर्व महमन्त्री राजकुमार त्रिपाठीले शहिदहरुको बलिदानीलाई स्मरण गर्दै, राजनैतिक सहमति कायम राख्दै नेपालमा अहिले देखिएको अन्योल पूर्ण राजनैतिकलाई समाधान गरी छिटोभन्दा छिटो दिगो शान्ति, सेना समायोजन र ब्यबस्थापन साथै नयाँ संबिधान बनाउन आजैदेखि दत्तचित्त भएर लाग्नु पर्ने सुझाब दिँदै माओवादीको चरित्रप्रति घोर असहमति राख्दै भर्त्सर्ना गरे। उनले जनसम्पर्क मा देखिएको अहिलेको विवाद नेपाल सरकारले तथा नेपाली कांग्रेसले दोहोरो नागरिकतासम्बन्धी नीति ल्याएमा स्वतः समाप्त हुने धारणा राखे। त्यस्तो नीति छिटोभन्दा छिटो सार्वजनिक गर्नसमेत सम्बन्धित पक्षहरुलाई आग्रह गरे।

भेला आयोजक समितिका सदस्यहरु पदम दवाडी, मिन रानाभाट ,नेपाल जनसम्पर्क समितिका पूर्व सहमहामन्त्री नारायण रुवालीहरुले भेला आयोजना किन गर्नुपयो भन्ने भनाइ राख्दै अहिलेको कार्यसमिति अबैध, गैरकानूनी हुनुका साथै कुनै पनि पक्षबाट सबल नदेखिएकोले आजैका मितिदेखि नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरे। नारायण रुवालीले राजनैतिक प्रतिवेदन पेश गरेका थिए। त्यसैगरी भेलामा बोल्ने चन्द्र लावती, तिल कुमारी लिम्बू, गणेश र्राईले अहिलेको अवस्थामा विदेशी नागरिकता लिएका नेपाली जनसम्पर्क समितिका सदस्यहरुले तुरुन्त राजीनामा दिनुपर्ने र सकृयाता सदस्यता गल्लीगल्लीमा बाँडेको देख्दा नेपाली कांग्रेसको इतिहासलाई अपमान गरिएको आरोप लगाए।

कार्यक्रमको समापन गर्दै भेला आयोजक समितिका सभापति युवराज गुरुङले आफुहरुको माग व्यक्तिमा लक्षित र्नभई नेपाली जनसम्पर्क समितिलाई सैधान्तिक, वैधानिक, र नीतिगत रुपमा चुस्त, एकतावध्दका साथ हिँडाउनु र सिँगो अन्तरास्ट्रमा भएका नेपाली जनसम्पर्क समितिहरुलाई स्पष्ट मार्ग निर्देशन नेपाली कांग्रेसबाट नै दिनु पर्ने बताउँदै यति कुरा उठ्दा पनि नेपाली जनसम्पर्क समितिभित्र रहेका पदाधिकारीहरुले ९जो विदेशी नागरिकता लिएका छन् ० राजीनामा नदिँदा निजहरु पदलोलुप्तामा लिप्त भएको आभास मिलेको बताए। साथै यही स्थितिमा विदेशी नागरिक र गैरराजनैतिक व्यक्तिहरुलाई सकृय सदस्यता बाँडेको कुरा बजारमा सुन्न आएकोले अहिलेको कार्यसमितिलाई बहिस्कार गर्न सम्पूर्ण नेपाली कांग्रेससँग आस्थावान कार्यकर्ताहरुलाई आह्वान गरे।

भेलाले बिभिन्न छलफल पश्चात निम्न उल्लेखित राजनैतिक निर्णयहरु गरेकोछ:

१. हालै मात्र नेपालका राजनैतिक पार्टीहरुबीच संबिधान सभामा सहमति भई संबिधान सभाको कार्यकाल १ बर्ष बढेकोमा स्वागत गर्दै आजैदेखि नेपालको संबिधान सभामा राजनैतिक सहमति जुटाइ दिगो शान्ति,सेना समायोजन तथा ब्यवस्थापन र नेपाल राज्यको संबिधानलाई पूर्ण गर्न गहिरो संवादद, छलफल सहमति गरी निर्णयमा पुग्नु पर्ने ठहर गर्दछ।

२. हालै नेपालमा माओवादी द्वारा गरिएको भए, त्रास, हत्या हिंसा र धम्कीको घोर भत्सना गर्दै माओवादी पार्टी वर्तमान सन्क्रमण कालबाट नेपाललाई दिगो शान्तिका साथै संविधान बर्नर्ाइ निकास दिन बाधक भएको निष्कर्ष निकाल्दै माओवादीलाई संवाददको राजनीतिकमा र्आइ सहमतिको राजनीति गर्न अनुरोध गर्दछ।
३. भेलाले नेपालको मानवाधिकार आन्दोलनको सदैब समर्थन गर्दछ।

४. भेलाले नेपाल अवस्थित माओवादीको वाई सि एल (YCL) र एमालेको यूथ फोर्स (Youth Force) लाई तुरुन्त बिघटनको माग गर्दै लुटिएका सम्पत्ति, घर जग्गा तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षहरुसँग माग गर्दछ।

५. नेपाल राज्यको संविधानले हामी नेपालीभएको र नागरिकतासम्बन्धी प्राबधानको अर्को धाराले विदेशी नागरिकता कुनै नेपालीले लिए स्वतः नेपाली नागरिकता समाप्त हुने प्रावधान रहेकोले र नेपाली कांग्रेसको सदस्यता प्रावधानसम्बन्धी विधानको धाराले पनि विदेशी तथा स्वदेशमा नेपाली कांग्रेसको सदस्य हुन नेपाली नागरिक नै हुनुपर्ने प्रावधान भएकोले बेलायतस्थित नेपालीजनसम्पर्क समितिका पदाधिकारीहरुले बेलायती नागरिकता लिएको सन्दर्भमा नेपाली जनसम्पर्क समितिको कुनै पनि पदमा बस्न नैतिक रुपले नमिल्ने भएकोले निजहरुलाई आजैदेखि राजीनामा दिन आह्वान गर्दछ।

६. नेपाली कांग्रेसको विधानविपरीत पदमा बसिरहे स्वतः अबैध हुने र उक्त अबैध समितिले हाल वितरण गरिरहेको सकृय सदस्यता सिफारिस र स्वीकृति स्वतः अवैध हुने हुँदा विदेशी नागरिकता लिएका कोही-कसैले पनि नेपाली कांग्रेसको सकृय सदस्यता नभर्न अनुरोधका साथ आह्वान गर्दछ।

७. विगत केही समयदेखि नेपाली कांग्रेसको सकृय सदस्यता वितरण प्रकृयामा अनमियता भएको, पार्टीमा कामै नगरेका र साधारण सदस्यसमेत नभएका तथा आफ्नो पक्षमा बहुमत बनाउन गैरराजनैतिक पार्टीका सदस्यहरुले समेत सदस्यता लिएको सन्दर्भमा उक्त कार्य अप्रजातान्त्रिक, अपार्दर्शी र नेपाली कांग्रेसको निर्देशनसँग बाझिने तथा नीति, सिद्धान्त, आदर्श, नैतिकतासँग बाझिने हुँदा यसरी वितरण गरेको सदस्यता स्वतः अबैध हुने घोषणा गर्दछ।

८. भूपू ब्रिटिश गोर्खाहरुले भोगिरहेको समस्या हल गर्न निजहरुसँग हातेमालो गर्दै निजहरुको माग प्राप्तिको आन्दोलनमा प्रतिवद्धता जारी गर्दछ।

९. अहिले देखिएको वैधानिक निकासलाई अन्त्यगरी विदेशमा नेपाली जनसम्पर्क समिति संगठन बिस्तार र सुदृढ पार्न दोहोरो नागरिकता ब्यवस्था राज्यले गरे अहिलेको समस्या स्वतः हल हुने भएकोले नेपाली कांग्रेस पार्टीलाई राज्यसँग दोहोरो नागरिकता दिलाउन पहल गरिदिन आह्वान गर्दछ।

१०. विगत केही समयदेखि नेपाली कांग्रेसको पौडेल थरको एक जना नेताको छोराले बेलायतभित्र संगठनमा सकृय भएका कांग्रेसका निष्ठावान साथीहरुलाई हेप्ने, अपहेलना गर्ने, गालीगलौजका भाषाहरु लेख्ने, आफ्ना बाबुलाई केन्द्रमा भनी कारबाही गरिदिन्छु भनी धम्की दिने, असहज भाषाहरु अप्रजातान्त्रिक र निरन्कुश भएकोले उक्त भाषा पूर्व राजाका छोरा पारशसँग मिल्दाजुल्दा भएकोले त्यस्ता अराजनैतिक भाषाहरु नबोल्न निबेदन गर्दछ।

११. नेपाली कांग्रेसको विधानअन्तर्गत हालको नेपाली जनसम्पर्क समिति बेलायत अवैध भएकोले निजले गर्ने सम्पूर्ण कार्यक्रमहरु पनि अबैध हुने हुँदा यथास्थितिमा बहिस्कार गर्न सबैमा अपिल गर्ने घोषणा गर्दछ।

१२. अहिलेको असहज पक्षलाई निकास दिन नेपाली कांग्रेस पार्टीसँग सम्बाद छलफल गर्न र बेलायतस्थित नेपाल जनसम्पर्क समितिसँग वैधानिक समस्या निकासको उपाय निकाल्न यही भेला आयोजक समितिका सँयोजक युबराज गुरुङलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्दछ।

१३. वर्तमान समस्या निराकरणको लागि पहल गरिदिनुहुन र समन्वय गरिदिनुहुन डा सम्पूर्णानन्द ढुंगाना, विनोद मोक्तान, बालमुकुन्द जोशी, पुरुषोत्तम पौडेल, सोलिसिटर राजु थापा, शिवजी श्रेष्ठ, ई राज कुमार त्रिपाठी, र बिज्ञान प्रसाइलाई समन्वयकर्ता भूमिका निर्बाह गरिदिनुहुन आह्वान गर्दछ।

१४. भेलाले बेलायतको अहिलेको सकृय सदस्यतासम्बन्धी सम्पूर्ण ब्यहोरा र नेपाली कांग्रेस सकृय सदस्यता विवाद अनुसन्धान केन्द्रीय समितिका सभापति नरहरी आचार्य, कार्यबाहक ने का सभापति सशील कोइराला र नेता शेर बहादुर देउवालाई पत्र लेखी पठाउन र वस्तुथितिबरे जानकारी दिन पूर्व महामन्त्री राज कुमार त्रिपाठीलाई अनुरोध गर्ने निर्णय गरेको छ। -मे.स.

तस्वीर: नेजस, यूके