श्रृजनशील नेपाली समाजको भेटघाट

श्रृजनशील नेपाली समाजको भेटघाट


एल्डरसट । एल्डरसटस्थित कन्टेनेन्टल स्कुलको खुल्ला चउरमा श्रृजनशील नेपाली समाज यूकेले एक भेटघाट कार्यक्रमको आयोजना गत आइतबार सम्पन्न गरेको छ । समाजका अध्यक्ष शेरबहादुर सुनारको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रमको औपचारिक चरणलाई समाजका राजकुमार सुनारले सञ्चालन गरेका थिए ।
समाजमा आवद्ध परिवारहरुबीच आपसी सदभावहरुलाई अभिवृद्धि गर्नका लागि आयोजित गरिएको सो भेलामा बीबीक्यू राखिनुका साथै विभिन्न किसिमका नृत्यहरुको पनि प्रतियोगिता राखिएको थियो । त्यस्तै मंकी जम्प, घैंटो फोर्ने, म्युजिकल बल पासिङ तथा लक्की ड्र पनि राखिएको थियो जसमा सहभागी परिवारहरु अत्यन्तै रमाएर भाग लिएका थिए । यूकेका विभिन्न रेष्टुरेन्टहरुमा काम गर्ने सेफहरुबाट सहभागी परिवारहरुले तयार गरेका अचारहरुमा उत्कृष्ट अचार छान्ने प्रतियोगिता पनि सोही कार्यक्रममा राखिएको थियो ।
यूकेमा पढ्दै गरेका विद्यार्थी नविन परियार जसलाई क्यान्सर भएर उपाचार गराइरहेको छ, लाई सहयोगस्वरुप, अध्यक्ष शेरबहादुर सुनारबाट, अस्पतालमा नै गएर इस्टर्लिङ पाउण्ड १२१२ प्रदान गरिएको थियो । नविन परियारका बाबाआमालाई श्रृजनशील नेपाली समाजले उक्त भेटघाट कार्यक्रममा सम्मानपूर्वक आमन्त्रण गरेको थियो भने समाजका महिला विभागको सहयोगमा, समाजका सल्लाहकार श्यामलाल सुनारको हातबाट उपहार, विमारी नविन परियारकी आमालाई प्रदान गरिएको थियो ।
कार्यक्रम अबेरसम्म चलेको थियो ।-चन्द्र सुनार, मेस
वाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।