बाँच्न पक्कै सरल लाग्दैन

बाँच्न पक्कै सरल लाग्दैन


-प्रकाश के.सी.,
यदि
जीवन भोगुन्जेल हो भने,
भोग नै जीवनको सार हो ।
त्यसैले त,
त्यसैले त,
हरेक ‘आगत’हरु प्रश्न बन्दै
वर्तमानका वाक्यहरुमा ठिङ्ग उभिन्छन्
‘विगत’ले सुल्झ्याउन नभ्याएका
अनेकौं पेन्डिङ उत्कण्ठाहरु
एक लश्करै अर्धविराम बन्दछन्,
त्यही अस्पस्ट अनि विमत वाक्यहरुको संकथनमा
त्यही अस्पस्ट अनि विमत वाक्यहरुको संकथनमा
भोग, भोग्न अभिशप्त ‘वर्तमान’
यसरी निष्फिक्रि हाँस्दछ कि
सायद, बाँच्न निक्कै सरल लाग्दो हो !

सगोल जीवनको आधा अंश
सम्भवतः सम्पूर्ण यौवन
अँगालोभरिका आवेशहरु
विदेशी भूमिमा छरपस्ट पार्दै,
निख्रिएका रहरहरुको थैलो बोकेर
एक आप्रवासी मानसिकता
सपनाका विस्कुनहरु सुकाउन थाल्दछ,
जस्तो –
जीवन त्यहीँबाट शुरु भएको होस् ।
समयको उदास उपस्थितिमा
‘आगत’का अनिश्चित हमलाहरु हुन्छन्
‘विगत’का कूठाराघातहरु
यसरी लिप्सिन्छन् कि
खङ्ग्रंङ सुकेका प्रतिफल च्याप्दै
प्रतिवद्ध प्रवासी कौतूहलता
सकृयताको जाल फैलाउन थाल्दछन्,
जस्तो-
सम्भाव्यताहरु त्यहाँदेखि अगाडि होस् ।

मानिसहरु सुखको पछि भाग्दछन्
या,
दुःखले तिनलाई भगाउँदछ ?
बिताएका समयका लामो अध्यायपछि
भोगको निर्लिप्त निर्क्यौलमा
बिताएका समयका लामो अध्यायपछि
भोगको निर्लिप्त निर्क्यौलमा
जब अनुभव, निर्मिमेष तठस्थ रहन्छ,
तब सुखको प्राप्ती अनि दुःखको परिणति
समानार्थी हुन्छन्, पर्यायवाची बन्छन्,
सायद, बाँच्न निक्कै सरल लाग्दो हो !

गल्तीहरुका पहाडमय थुप्रो छ पछाडि,
असफलताहरुका चुचुरोमय थुम्को छ सँगै,
अनुभूतिशील ‘गत’ को निःशेष छ साथमा,
अनि, एउटा यस्तो ‘पट’ छ अगाडि
जो,
भोगाइ कम लाग्ने किसिमले छोटो हुनसक्छ,
भोगविहीनताले पट्यारलाग्दो लामो हुनसक्छ,
‘आगत’ त्यसैले अन्योल छ,
‘आगत’ त्यसैले अन्योल छ,
भोग नै जीवनको सार हो भने
यस घडी
आप्रवासी मानसिकता सारहीन भएको छ ।
‘छैन’ नभन्नलाई ‘छ’ भनेजस्तै लाग्ने गरी
तैपनि एक अनाम ‘आगत’ छ,
तैपनि एक अनाम ‘आगत’ छ,

वस् !
लाग्दैन,
साँच्चै नै लाग्दैन,
बाँच्न पक्कै सरल लाग्दैन ।

-वूड ग्रीन, लण्डन ।