नेपालीहरुका लागि मकाउ पनि बन्द

नेपालीहरुका लागि मकाउ पनि बन्द


मकाउका चिफ एक्जेक्युटिभ फर्नान्डो चुइले नेपाललगायत पाकिस्तान, श्रलृलंका, बंगलादेश,भियतनाम र नाइजेरियाका नागरिकहरुलाई एअरपोर्टमा इस्यु गरिने भीसा खारेज गरेको छ । यी देशहरुका नागरिकहरुबाट मकाउमा अवैधानिक तवरले बसेर काम खोज्ने, अवैधानिक अन्य गतिविधिसहित ड्रग्स आदिको कारोबारमा संगल्गनाता राख्ने आदि मुख्य आधार बनाई सो नियम पारित गरिएको भनिएको छ।

सन २००५ देखि हंगकंगमा पनि सोही आधारमा नेपालीहरुका लागि भीसा बन्द भएको थियो । नेपालीहरुले चाइनाको दूतावासबाट वैधानिक कारण देखाई भीसाको लागि निवेदन दिनुपर्ने भएको छ ।

दुइ हजारको संख्यामा रहेका मकाउका नेपालीहरुलाई काम लगाउने वा दिने कार्य गर्ने मानव दलालहरुले आफ्नो स्वार्थको लागि विभिन्न प्रलोभन देखाई मकाउ वा हंगकंग छिराएर अलपत्र पार्ने काम गरेकोले अनि जसरी भए पनि कमाउने शुरमा लाग्ने नेपालीहरुका अनियन्त्रित गतिविधिले गर्दा यसरी देशको नाम नै बदनाम हुन पुगेको सम्वद्धहरु बताउँदछन् । तर हंगकंग र मकाउका लागि छानिएका महावाणिज्यदूत हंगकंगस्थित विभिन्न जातीय संघसंस्थाका नेताहरुका जातीय संकीर्ण राजनीतिको दलदलमा फँसेर अल्मलिनुबाहेक विस्तृतमा सो उपर केही ज्यादा गर्न सकेका छैनन् भने नेपालबाट सरकारी भत्ता खाएर आउने प्रतिनिधि मण्डलहरु घुम्ने सोखमा मात्र हंगकंग तथा मकाउ सरकारसँग वार्ताको निहुँमा आउने गरेको विभिन्न अवसरहरुले देखाएका छन् । यस्तै अवस्था यथावत रहे, आगामी दिनहरुमा हंगकंगेली नेपालीलगायत मकाउका नेपालीहरुका अवस्था नाजुक हुँदै नजाला भन्न सकिँदैन । -हंगकंग मेस