मलेशिया आइपुगेका नेपाली ६ जना अलपत्र

मलेशिया आइपुगेका नेपाली ६ जना अलपत्र


क्वालालम्पुर (मलेशिया) । बैदेशिक रोजगारीको सिलसिलामा १२ दिनअगाडि मलेशिया आइपुगेका २२ जना नेपाली कामदार जनाल वान्तीं भन्ने ठाउँमा अलपत्र परेका जानकारी अलपत्र पर्नेमध्येका एक गंगाराम आचार्याले जानकारी दिएका छन् । आचार्य भन्छन् -“आएको ४ दिनसम्म कम्पनीमा काम ग-यौं, कम्पनीमा कुनै खाने बस्ने सुबिधा छैन। बस्ने ठाउँ पनि सानो छ, भने काम पनि धेरै गाह्रो छ । नेपालबाट भनेको जस्तो कुनै सुबिधा दिइएन, भनेर कम्पनीमा आफ्नो गुनासो राख्यौं र सबै जना काममा नगई त्यही सानो कोठामा बस्यौं । काममा नगए पछि कम्पनीले २२ जनामध्ये १६ जनालाई त्यही कम्पनीमा राखी अरु ६ जनालाई चाँहि कम्पनीबाहिर निकाली गाडीमा हालेर काजानंग भने ठाउँमा ल्याई एउटा कोठामा राखिदिएको छ । खानको लागी नेपालबाट ल्याएको बिस्कुट खाएर खायौं, अब त खाने कुरा पनि छैन, के खाने हो ?”

गंगारामका अनुसार, अन्य १६ जना नेपालीहरु कम्पनीभित्रै छन्, उनीहरुले पनि काम गाह्रो भएकोले गरेका छैनन् । त्यो कम्पनीमा करीब ७०० भन्दा बढी नेपाली कामदार छन्, उनीहरुको अवस्था पनि त्यस्तै छ ।

यसरी अलपत्र परेका ती समूहले नेपाल स्थित पौरखी नेपालमा पनि जानकारी दिएको भए तापनि अझैसम्म कुनै पनि खबर नआएको गंगारामले अगाडि बताउँदछन् । उनीहरु काठमाण्डौंस्थित ४वटा मेनपावरबाट मे २६ तारिखका दिन मलेशिया आइपुगेका थिए । अलपत्र परेकामध्ये गंगाराम आचार्यलगायत ६ जना क्रमशः, इलाम, झापा, मोरंग, इलाम, बैतडी र गोर्खाका छन् । उनीहरुसँग कुनै पनि पासपोर्ट वा जा त्यसको फोटो कपी पनि नभएकोले गर्दा राजदूतावासमा गएर सहयोग माग्न नसकेको गंगाराम आचार्याले जानकारी दिएका छन् । उनीहरुले आफूहरुलाई सहयोग गरिदिन विभिन्न व्यक्ति तथा मलेशियास्थित विभिन्न संघसंस्थाहरुसँग पहल गरिदिन अनुरोध गरेका छन् । -योगेन्द्र जोगी