देश टुक्रिन सक्ने कटुवालको चेतावनी

देश टुक्रिन सक्ने कटुवालको चेतावनी


काठमान्डौ। पारिवारिक समारोहमा सहभागी हुन अमेरिका आएका नेपालका पूर्व प्रधान सेनापति रुकमांगत कटवालले संघीयताले देश टुक्रिन सक्ने बताएकाछन। उनले आफू सामान्य नागरिक र सरकारको पूर्व कर्मचारीमात्र रहेको भन्दै राजनीतिक र देशको अवस्थाबारे कडा टिप्पणी गरे। उनि तत्काल राजनीतिमा नजाने बताए।

कटवालले, सधै जनताको नाममा भन्दै यस विपरित काम भरहेको बताउँदै प्रश्न गरे, ‘बिजुली छैन, सडक छैन, क्याम्पस बन्द हुन्छ यस्तो कसरी जनताको काममा भयो? नेपाली जनता शान्ति चाहन्छन्।’ अहिले कै राजनीतिक प्रक्रियाबाट जाने हो भने पाँच वर्ष थपे पनि संविधान नबन्ने उनको दावी थियो। ‘१४ गणराज्य खडा गर्ने रे यसो हुँदा १४ क्याबिनेट, १४ गभर्नर १४ पुलिस के के हो हुने भए यो देशले धान्न सक्दैन,’ भन्दै कटुवालले, ‘यो अवस्थामा देश टुक्रिन सक्ने’ चेतावनी दिए।

उनले आफूलाई सेनापतिबाट बर्खास्त गर्ने माओवादी सरकारको निर्णय पूर्ण तह गैर संवैधानिक भएको बताउँदै उनले आफ्नो कदम सही भएको दावी गरे। ‘कुनै पनि सैनिकलाई त्यसरी कानुन विपरित हटाउन मिल्दैन,’ कटवालले भने।

प्रधानमन्त्रीले तपाईँलाई हटाउनु भयो कि तपाईँले प्रधानमन्त्रीलाई भन्ने प्रश्नमा कटवालले भने, ‘सेनाले त प्रधानमन्त्रीलाई सुरक्षा नै दिएर राखेको थियो कसरी हटाउने मैले?’

श्रोत: नागरिक न्यूज