हाँसोउठ्दो दुर्घटना -विक्टर बिनाभिडेज

हाँसोउठ्दो दुर्घटना -विक्टर बिनाभिडेज


लण्डन । एकजना निर्माणकर्मीले आफैलाई नेलगन् (काँटी हान्दा प्रयोग गर्ने गन) टाउँकोमा झुक्किएर प्रहार गरेपश्चात भाग्यवश बचेका समाचार प्रकाशमा आएको छ् । विक्टर बिनाभिडेज नाम गरेको व्यक्ति छाना मिलाउने काम गरिरेको बेलामा गल्तिवश आफुले समातेको नेलगन् प्रहार गरी पठाउँदा काँटी उनीमाथि उछिट्टीएर मुखतिर स्वाट्टै छिरेको थियो । त्यो ३ दशमलव २ इन्चको काँटी छिरेर दिमागदेखि अलिकति एक मिलिमिटर छेउमा पुगेर अडि्कएको थियो । क्यालिफोर्निया निवासी, २८ वर्षीय विक्टरले यस दुर्घट्नालाई ….. यसबाट मलाई दुखाइ भएकोचाँहि थाह भएन, तर, केही अफ्ठ्यारो भएको जस्तो मलाई लाग्यो, अनि मलाई मेरो जिब्रोमा केहि ठोकेको जस्तो महशुस भएको थियो । जब अस्पतालमा डाक्टरहरुले एक्सरेमा काँटी देखे, उनीहरुले मलाई आफैले मैले आफैलाई मार्न खोजेको कुरा सोचेका रहेछन् ….. यो एकदमै हाँसोउठ्दो दुर्घटना भएको हो….. भनेर समाचारदाताहरुलाई भनेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।