‘अघि सरेका पाइला’ बजारमा

‘अघि सरेका पाइला’ बजारमा


प्राध्यापक डा. माधवी सिंह शाहको ‘अघि सरेका पाइला’ नामक कृति बजारमा आएको छ ।

मानव समाज र सभ्यताले भोगिरहेको अत्यान्त संवेदनशील विषयमाथि प्रकाश पारिएको उक्त कृति बुधबारदेखि बजारमा आएको हो ।

डा.सिंह शाहको कृतिमा भावनात्मक, ह्दययस्पर्शी शब्द तथा अभिव्यक्तिमा आमा तथा उनका छोराछोरीबीचको गहिरो वात्सल्यपूर्ण सम्बन्धलाई मनै छुने गरी प्रस्तुत गरिएको छ ।

२६ वटा अनुभव/अनुभूति समावेश गरिएको कृतिमा अंकित तथा वर्णित अनुभूतिहरु कसैको पनि ह्दयलाई मर्माहित तथा तरङ्गित पार्ने खालको रहेको देखिन्छ ।

डा.सिंह शाह अर्थशास्त्रका प्राध्यापक तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका पूर्वअध्यक्ष हुन । उनी सामाजिक संस्था ‘राहत’ का संस्थापक अध्यक्ष र मानव दायित्वमा समर्पित अन्तर्राष्ट्रिय संजाल ‘उत्तरदायी विश्व समाज’ का सदस्य समेत हुन ।

प्रज्ञिक तथा सामाजिक विकास क्षेत्रका अनुभव बटुल्ने मौका पाएकी डा.सिंह शाहले उक्त कृतिमा संवेदनाका अति सुक्ष्म–पक्षहरुलाई गहन रुपमा प्रस्तुत गरेकी छन् ।

यस्तै,महिला विकास तथा सशक्तिकरणस“ग सम्बन्धित चेलीबेटी बेचबिखन विरुद्धको अभियान, वैदेशिक रोजगारमा महिलाको स्थीति तथा लैंङ्कि समानताको अवधारणाबारे विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थामा आवद्ध भएर अध्ययन अनुसन्धानमा संलग्न भएकी डा. सिंह शाहको उक्त कृतीमा आधुनीक सन्दर्भ र समाजमा पारिवारिक घनिष्टता तथा मानवयतामा आएको ह्रासको मार्मिक एंव सजीव चित्रण गरिएको छ ।

त्यसैगरि मानव–जीवनका उज्याला फाँटहरुलाई पनि उत्तिकै सहज र सन्तुलित रुपमा औ“ल्याइएको छ । लेखक सिंहले विगत लामोसमयदेखि आर्थिक तथा समाजिक विषयमा अनुसन्धानात्मक लेख समेत लेख्ने गरेकी छन् ।