भक्तपुर मालपोतका कर्मचारी १ लाख घुससहित पक्राउ

भक्तपुर मालपोतका कर्मचारी १ लाख घुससहित पक्राउ


भक्तपुर मालपोत कार्यालयका कर्मचारीलाई प्रहरीले एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

नायब सुब्बा देवराज काफ्लेलाई अख्तियारको टोलीले बिहिबार दिउसो कार्यालय भवनबाटै पक्राउ गरेको हो।

उनले सूर्यबिनायक– ९ नंखेलको जग्गा डोरपासका लागि पैसा मागेका थिए । कार्यालयको अन्डरग्राण्डमा सेवाग्राहीसँग घुस लिएलगत्तै उनी पक्राउ परेका हुन्।