आदिवासिवीच चुम्वन प्रतियोगिता : विधायकको राजिनामा माग

आदिवासिवीच चुम्वन प्रतियोगिता : विधायकको राजिनामा माग


सत्ताधारी भारतीय जनता पार्टीका विधायकले आदिवासियहरुवीच ‘चुम्वन प्रतियोगिता’को आयोजना गराएपछि विवाद चुलिएको छ ।

झारखण्ड मुक्ति मोर्चाका विधायक साइमन मरान्डीले उक्त चुम्वन प्रतियोगिताको आयोजना गराएका थिए । चुम्वन प्रतियोगिता गराएपछि विवादमा परेका मरान्डीको अहिले राजिनामाको माग गरिएको छ । विजेपी झारखण्ड इकाई उपाध्यक्ष हेमलाल मुर्मुले राजिनामाको माग गरेका हुन ।

उपाध्यक्ष मुर्मुले विधायक मरान्डीले ईसाई मिसनरीको जसरी चुम्वन प्रतियोगिताको आयोेजना गराएको आरोप लगाउँदै संथाल जनजातीमा चुम्वन जस्तो कुनै प्रतियोगिता नहुने बताएका छन । संथाल जनजाती अभिवादन गर्न एक आपसमा हात मिलाउने परम्परा भएको दावी गरेका छन । त्यस्तै अभिवादन गर्ने क्रममा निधारमा मुठ्ठी राखेर गर्ने जानकारी गराएका छन ।

यो चुम्वन प्रतियोगिता स्वतन्त्रताका सेनानी सिद्दोकान्हुको नाममा मरान्डीले आयोजना गरेका थिए । विधानसभा निर्वाचन क्षेत्र लितिपाराको तहत तल्पाहारी गाउँमा आदिवासी दम्पतीकाबिचमा चुम्वन प्रतियोगिताको आयोजना गरिएको थियो । चुम्वन प्रतियोगितापछि आदिवासी दम्पतिलाई पुरस्कृत गरिएको थियो ।

प्रेममा आधुनिकरणलाई वढावा दिनको लागि चुम्वन प्रतियोगिताको आयोजना गरिएको विधायक मारान्डाले बताएको स्रोतले जनाएको छ । मन्डराले जनजातीका मानिस संकोचित सोचका हुने भएकाले उनीहरुको यो संकोचलाई हटाउन चुम्वन प्रतियोगिताको आयोजना गरिएको बताएका छन । अहिले यो चुम्वन प्रतियोगिता विवादमा परेपछि जिल्ला प्रशासन कार्यालयले जाँच सुरु गरेको थाहा भएको छ ।