रेलको भाडामा १३ प्रतिशतले वृद्धि हुने

रेलको भाडामा १३ प्रतिशतले वृद्धि हुने


लण्डन । लाखौं यात्रीहरु ट्रेनको बदलामा कार छढ्नका लागि वाध्य हुने रिड डट कमको सर्भेबाट थाहा लागेको छ । आगामी नयाँ वर्षबाट लागू हुने गरी रेलको भाडा १३ प्रतिशतको दरले वृद्धि हुने भएकोमा धेरैले ट्रेनको बदलामा कार चढ्ने बताएका छन् भने ३००० कामदारहरुमध्ये सात प्रतिशतले चाहिँ अन्यका कारमा लिफ्ट लिने, हिँडेर अनि दौडेर काममा आवतजावत गर्ने बताएका छन् । त्यत्तिकै हाराहारीका कामदारहरु कामनजिक घर खोजी सर्ने वा घरनजिक काम खोज्ने बताउँदछन् ।
युरोपमा सबैभन्दा महङ्गो मानिने यूकेको रेल भाडामा अझै दुई अंकले वृद्धि गरी सर्वसाधारणहरुको जीवन झन् कष्टकर बनाउने र प्रदूषणलाई कम गर्नुको सट्टा कामदारहरुलाई कार चढ्न वाध्य पारी यूकेलाई वढी प्रदूषित बनाउने सरकारको योजना रहेको लाञ्छना लगाइएको छ । यसै सन्दर्भमा रेल कम्पनीले संधै नै यात्रीहरुको क्रयशक्तिलाई मध्यनजर राखेर भाडा सोहीअनुरुप राख्ने कम्पनीको पोलिशी रहेको कुरा सार्वजनिक गरेको छ ।-देब, मेट्रो, स्ट्याण्डर्डस्