‘विश्वले अब इरानको सपनालाई रोक्न सक्दैन’

‘विश्वले अब इरानको सपनालाई रोक्न सक्दैन’


लण्डन । इरानको उर्जा विभागका प्रमुख अलि अकबर सलेहीले अस्ति विश्वका नेताहरुलाई इंगित गर्दै इरानको आणविक शक्ति बन्ने योजनालाई कसैले रोक्न नसक्ने कुरा सञ्चार माध्यमद्वारा प्रकाश पारेका छन् । हिजोदेखि जेनेभामा भइरहेको अणविक उर्जासम्बन्धी कन्फरेन्समा जानु अघि उनले इरानको राज्यद्वारा सञ्चालित टीभीको माध्यमबाट इरानले अब राष्ट्र संघले लगाएको प्रतिबन्धको बावजुद आफै युरेनिया उत्पादन गरेर आणविक भट्टीबाट परमाणु हतियार बनाउन सक्ने क्षमता रहेको धारणा व्यक्त गरेका थिए । उनले आणविक उर्जाको लागि चाहिने पहेंलो केक, युरेनियम बनाउने कच्चा पदार्थ, इरानको अणविक उर्जा केन्द्र इस्फाहानसम्म सजिलै पुर्‍याउन सकिने कुरा प्रकाश पारेका थिए । इरानले भारी परिमाणमा सन् १९७०को दशकमा दक्षिण अफि्रका तथा चीनबाट युरेनियम बनाउने कच्चा पदार्थ आयात गरेको तथ्या प्रकाश पारेका छन् । श्रोत-मेट्रो, सुमल, मेस ।