दोहोरी साँझका कलाकारहरु हङकङ आइपुगे

दोहोरी साँझका कलाकारहरु हङकङ आइपुगे


हङकङ। हङकङ नेपाली डट कमले यही आउँदो शनिबार ११ डिसेम्बरको दिन आयोजना गर्न गइरहेको लोक तथा दोहोरी साँझका लागि नेपालबाट गायक रामजी खाँड र गायिका पवित्रा गुरुङ हङकङ आइपुगेका छन्। उनीहरु ड्रागन एयरको फ्लाईटमा आज बिहान हङकङ आईपुगेका हुन्। उनीहरुको सम्मानमा आजै बेलुकि एक रात्रिभोजको समेत आयोजना गरियो। उक्त लोक तथा दोहोरी साँझका अर्का गायक सुमन बुढामगर भने अमेरिकाबाट यही बिहीबार आउँदैछन्।
स्मरण रहोस्। गायक रामजी खाँडले गत हप्ता मात्रै रेडियो कान्तिपुरको १२ औ वार्षिकोत्सवमा साँगीतिक क्षेत्रका विभिन्न विधाका स्रष्टालाई सम्मानित गरिएको कार्यक्रममा ‘उत्कृष्ट पुरुष लोक गायक’ को अवार्ड प्राप्त गरेका छन्।
हङकङ नेपाली डट कमले आयोजना गरेको उक्त लोक तथा दोहोरी साँझ यही आउँदो शनिबार ११ डिसेम्बरको दिन बेलुकि ७ बजे याउ मा तेई कम्युनिटी हलमा हुन गइरहेको छ।-हंगकंग मेस