सू किईको भूमिका खेल्नलाई मरिहत्ते

सू किईको भूमिका खेल्नलाई मरिहत्ते


लण्डन । बेलायतबाट निर्माण हुने चर्चित चलचित्र जेम्सबाण्डकी विख्यात नायिका मिचेल येओले बर्माकी हालसालै घरबन्दीबाट मुक्त भएकी लोकतन्त्रकी पक्षधर नेतृ आङ् सान् सू किईको जीवनीलाई लिएर हुन गइरहेको निर्माणधीन चलचित्रमा सू किईको भूमिका निर्वाह गर्नलाई आतुर छिन् भन्ने समाचार प्रकाशमा आएको छ ।
४८ वर्षीय मिचेल येओ एसियाली फिल्मी उद्योगकालागि चर्चित नाम हो । तिनले गत सोमवारको दिनमा नेतृ आङ्ग सान् सू किईसँग बर्मामा दिनको खाना खाएपश्चात् दिनभरि नेतृले बेलायतमा बिताएका जीवन, लोकतन्त्रको लागि बर्मामा आएर सक्रिय राजनीतिमा संलग्नता त्यसपछि विश्वको महान पुरस्कार नोबेल पुरस्कार प्राप्त गर्दासम्मका वृतान्तहरुबारे धेरै लामो कुरा गरेकी थिईन् । ६५ वर्षीय नेतृसँग कुरा गर्दा नेतृकी छोरा किम अरिस पनि साथमा थिए । जेम्सबाण्ड फिल्महरुको श्रृंखला मध्येका लोकप्रिय अंग्रेजी फिल्म, “द टुमारो नेभर डाइ” की नायिका मिचेल येओ अब दर्शकहरुको अघि रुपहली पर्दामा छिट्टो नै बर्माकी लोकप्रिय नेतृ आङ् सान् सू किईकी भूमिकामा हेर्न पाउने आशा गरेका छन् । श्रोत -इभिनिङ् स्टान्डर्ड, सुमल, मेस ।