सुनकोसीमा जीप खस्यो

सुनकोसीमा जीप खस्यो


काभ्रेस्थित सुनकोसी नदीमा आज विहान जीप  खसेको छ । बा ३ च ६७८७ नम्बरको जीप भुम्लु गाउँपालिका वडा नम्बर १० मा दुर्घटना भएको हो ।

नदिमा डुबिरहेको अवस्थामा जीप फेला परेको स्थानियहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जीप सडकबाट झण्डै ५० मिटर तल सुनकोशी नदिमा खसेर डुबेको छ ।

प्रहरीका अनुसार जीपमा कतिजना सवार थिए भन्नेबारे जानकारी आएको छैन् । उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ ।