श्रीमतीको हत्यामा श्रीमानको संलग्नताको पोल

श्रीमतीको हत्यामा श्रीमानको संलग्नताको पोल


लण्डन । गत नोभेम्बर १३ तारिख, दक्षिण अफ्रिकाको केपटाउनमा हनिमून मनाउन गएका भारतीय मूलका ३० वर्षीय ब्रिटिश नागरिक स्रिएन देवानी र भारतीय मूलकी २८ वर्षीया स्विडिस नागरिक एन्नी हिन्डोचाको भाडामा लिएको कार दुई हतियारधारीले कब्जामा लिई सो गाडीको ड्राइभरसहित दम्पतीको अपहरण गरेका थिए । अपहरण गरेको केही समयमै सो गाडीबाट स्रियन देवानी र सो गाडीको ड्राइभर जोला टोङ्गोलाई केही समयको अन्तरालमा निकालिएको थियो तर त्यसको भोलिपल्ट श्रीमती एन्नी देवानीको घाँटीमा लागेको गोलीद्वार भएको मृत शरीर गाडीसहित शहरबाहिर फेला परेको थियो ।
डकैती गरिनुका साथै सुन्दरी एन्नीको बलात्कार गर्न खोज्ने क्रममा दुर्घटनावस गोली चलेर घटनास्थलमा नै तथ्य सार्वजनिक गरिएको थियो । केप टाउनकै सबैभन्दा अपराधिक स्थलबाट शुरु भएको सो हत्यालाई रेगुलर क्राइमको शैलीमा नै हेरिएको थियो । श्रीमतीको लाश फिर्ता लिएर तीन दिनपछि ब्रिस्टल निबासी स्रियन देवानी यूके फर्केका थिए भने उता केपटाउनमा हत्याराहरुको ठूलो परिणाममा खोजी कार्य भइरहेको थियो ।
द. अफ्रिकाका पुलिसहरुले आखिरतः झोलाल म्गेनी २३, म्जिवामा डोडा क्वाबे २५ र चालक जोला टोङ्गो ३१ लाई एन्नीको हत्याको आरोपमा पक्राउ गरेका थिए । २५ वर्षको जन्म कैद सुनाइएका अभियुक्तहरुमध्ये चालक टोङ्गोले कानूनले सजायँमा केही सहुलियत दिने सर्तमा अर्थात् २५ बाट १८ वर्षको सजायँ सीमा तोकिएपछि एक यस्तो सन्सनीखेज पोल खोलेका छन् कि मृत एन्नीका श्रीमान स्रियन देवानी कानूनको शंकाको दायरामा अचानकै आएका छन् ।
चालक टोङ्गोका अनुसार, स्रियनले १४०० पाउण्डमा आफ्नी श्रीमती एन्नीको हत्या गर्नका लागि हत्यारा मिलाइदिन ड्राइभर टोङ्गोलाई भनेका थिए र हत्याको सम्पूर्ण योजना पनि उनी आफैले तयार पारेका थिए । त्यसरी हत्यारा जुगाड गरिदिएबापत टोङ्गोलाई कबुल गरिएभन्दा कम नब्बे पाउण्ड, श्रीमतीको हत्या भएपछि होटेलमा स्रियनले चुक्ता गरेका थिए ।
हुन त यो पोललाई हास्यास्पद अनि घटिया आरोप मानेका छन् स्रियनका वकिललहरुले तर द. अफ्रिकाका पुलिस अधिकारीहरले उनलाई स्वेच्छाले उक्त हत्याको जाँचबुझको लागि आफूलाई प्रस्तुत गर्न उनलाई आग्रह गरिरहेका छन् । स्रियन त्यसरी आफूलाई तयार नपारे उनलाई कुनै पनि हालातमा अफि्रका झिकाइने बताइएको छ । ६.२५ मिलियन पाउण्ड रिन लिएका स्रियनको केयर होम्सहरुको कारोबार रहेको छ, यद्यपि, श्रीमतीको हत्यापछि श्रीमानलाई कुनै पनि किसिमको आर्थिक लाभ नहुने यथार्थ उनका वकिलहरुले देखाइरहेका भए तापनि अफि्रका जाने क्रममा प्लेनमा छुट्टै सिटमा बसेकी एन्नी रोइरहेको भन्ने समाचारले घटनालाई झन् बढी रहस्यपूर्ण बनाएको छ ।
-देब, मेस, समाचार श्रोतः टेलिग्राफ, दी सन, दी डेली मेल, मेट्रो