माघ ११ देखि भृकुटीमण्डपमा सूचना प्रविधिको क्यान इन्फोटेक मेला

माघ ११ देखि भृकुटीमण्डपमा सूचना प्रविधिको क्यान इन्फोटेक मेला


आगामी माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधिको क्यान इन्फोटेक मेला आयोजना गरिएको छ । महासंघले २२ वर्षदेखि सूचना प्रविधिको विकास विस्तारका लागि क्यान इन्फोटेकजस्ता सूचना प्रविधिकहरुको मेला गर्दै आएको छ ।

६ दिनसम्म संचालन हुने यस वर्षको मेलामा क्यान महासंघका सदस्य संस्था, विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने महासंघले जनाएको छ ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस, सफ्टवेयर सोलुसनस पेमेन्ट सोलुसन्स् र अन्य रहेको महासंघले जानकारी दिएको छ ।

मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई एक सय रुपैयाँ र विद्यार्थीहरुलाई पचास रुपैयाँ तोकिएको महासंघले जनाएको छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुयाउनेछ भन्ने महासंघले आशा लिएको छ ।

महासंघका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रेसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् ।