अमेरिकी राजदूतको अनुराधालाई बधाई

अमेरिकी राजदूतको अनुराधालाई बधाई


लन्डन । अमेरिकी राजदूत स्कट् डिलिसीले यस वर्षको सिएन्एन् हिरो अनुराधा कोइरालालाई बधाइ दिएका छन्। महाराजगञ्जस्थित अमेरिकी दूतावासमा कार्यक्रम आयोजना गरी राजदूत डिलिसीले कोइराला र माइती नेपाललाई पुरस्कार जितेकोमा बधाइ दिएका हुन्। सो अवसरमा उनले माइती नेपालले बेचबिखन पीडितको उद्धार तथा पुनःर्स्थापनामा गरिरहेको कार्यको प्रशंसा गरेका थिए।

पुरस्कार कोइरालाको उल्लेखनीय सफलताको प्रतीक भएको भन्दै राजदूत डिलिसीले मानब बेचबिखन विरुद्धको लडाइँ सरकारहरूको मात्र नभई जागरुक समुदायहरू तथा माइती नेपालजस्ता समर्पित संस्थाहरूको पनि भएको उल्लेख गरे। आन्तरिक बेचबिखन र राष्ट्रभरि फस्टाइरहेका डान्स बार, क्याबिन रेस्टुराँ एवं गेष्ट हाउसहरूमा बालिका र किशोरीहरूले भोग्ने दुर्व्यवहारका बारे सम्बोधन गर्न महत्वपूर्ण रहेको कुराका बारे राजदूत डिलिसी र कोइरालाबीच छलफल भएको काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ।

मानव अधिकार चासोको क्षेत्रलाई सम्बोधन गर्ने सम्बन्धमा अमेरिकी सरकारको निरन्तर प्रतिबद्धता र समर्पण रहने राजदूतले डिलिसीले बताएका थिए।

– मेस काठमान्डौं