जगुआरले शिकारको युद्धमा काइम्यानलाई हरायो

जगुआरले शिकारको युद्धमा काइम्यानलाई हरायो


लण्डन । जगुआर र काइम्यान (ब्राजील तथा दक्षिण अमेरिकाको रैन फोरेस्ट, भूमध्य रेखीय वन-जंगलमा पाउने हिंस्रक चितुवा र गोही प्रजातिको जानवारहरु हुन्)को भीषण हिंसात्मक लडाइमा जगुआरले जितेर शिकार बनाएको फोटो एकजना फ्रेन्च फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गरेका थिए । एउटा फेटोग्राफमा चितुवा, जगुआरले आफ्नो शिकार काइम्यानलाई मुखमा च्यापेर लतार्दै लगेको फोटो खिचेका थिए । रैनफोरेस्ट, भूमध्य रेखीय बनमा पाइने जगुवार, चितुवा प्रजातिको चितुवाभन्दा अलि ठूलो र शक्तिशाली जनवार हो । गोही प्रजातिको काइम्यान पनि उत्तिकै हिंस्रक जानवारमध्येमा पर्छ । यी दुबै प्रजातिका जनावारहरु रैनफोरेस्ट क्षेत्रभरि प्रशस्त मात्रमा पाइन्छन् र शिकार खोज्ने क्रममा बेलाबखत आमनेसामने जम्काभेट नहुने कुरा हुदैन । जगुआरहरु अत्यन्त शक्तिशाली पौडीवाज पनि हुन्छन् तसर्थ यिनमा पानीभित्र तथा जमीनमा उत्तिकै लड्न सक्ने अद्भूत क्षमता हुन्छ । यिनीहरुले काइम्यानलगायत अनाकोण्डाहरुजस्ता (अजिंगर प्रजातिको विशाल सर्प) खतरनाक घस्रिएर हिँड्ने जन्तुहरु साथै कम खतरावाला शिकारहरु जस्तै हरिन र फ्याउराहरुका शिकार गर्छन् । काइम्यान गोही प्रजातिभित्र धेरै संख्यामा पाइने गोही हो । यसले भ्यागुता, चौपाय, घस्रिएर हिँड्ने जन्तुहरुलगायत आफ्नै प्रजातिको शिकारसमेत गर्छन् । श्रोत – टेलिग्राफ, सुमल, मेस ।