घृणाको कारण बेलायतमा बढी अपराधिक घटना

घृणाको कारण बेलायतमा बढी अपराधिक घटना


लण्डन । बेलायतमा परस्पर घृणाबाट सिर्जित अपराधका घट्नाहरुको संख्या पचासहजार नाघेको प्रतिवेदनले जनाएको छ । तर, विश्लेषकहरुका अनुसार सत्य तथ्यांक यो भन्दा बढिरहेको अड्कल गरेका छन् । प्रहरीको नयाँ प्रतिवेदनमा तथ्यांकले दर्शाएअनुसार जातीय घृणाबाट उब्जेका अपराधका घटनाहरुको संख्या ४३ हजारभन्दा बढी पुगेको छ । घृणाको कारण घटिएका अर्को अपराधहरुमा पाँचहजार जति घटनाहरु ग्ये (पुरुष तेस्रोलिंगी), बायोसेक्सुअल (दोहोरो लिंगी) र तेस्रोलिंगीहरुलाई लिएर घटित भएको प्रतिवेदनमा उल्लेख छ । बेलायतको राजधानी लण्डनमा फेरि ११६५८ अपराधका घटनाहरुद्वारा अधिकतम अपराधको तथ्यांक प्रतिवेदनमा प्रस्तुत गरेकाले अपराधको पनि राजधानी बन्न पुगेको कुरा विश्लेषकहरुले प्रकाश पारेका छन् । सन् २००८मा इंगल्याण्ड, वेल्श र नर्दन आयरल्याण्डमा अपराधिक घट्नाको बृद्धि १२ प्रतिशतले भएको जानकारी दिएको छ । पोहोर साल घृणाको कारण कूल अपराधिक घटनाहरु ४६३०० पुगेको थियो । चीफ पुलिस अफिसरहरुका एसोसियसनले यदि घृणाबाट घटेका अपराधहरुको आंकडा सार्वजनिक गर्दैरहे पीडित भएका व्यक्तिहरु र घटनालाई प्रत्यक्ष देख्ने व्यक्तिहरु अघि आएर यस्ता घट्नाहरुबारे समयमा सूचित गर्न कुरामा प्रेरणामुलक बन्नेछ भनेर प्रकाश पारेका छन् । अपराध बृद्धि भएको तथ्यांक प्रतिवेदनले जनाए तापनि यसले अझ सबैलाई समेट्न सकिएको छैन भनेर विश्लेषकहरु बताउँछन् । श्रोत – मेट्रो, सुमल, मेस ।