लण्डनमा अराजकताको हद

लण्डनमा अराजकताको हद


लण्डन । गत विहीबार राति राजकुमार दम्पतीको सवारीमाथि विद्यार्थीहरुको प्रदर्शनकारी जुलुसभित्र पसेका आतकंकारी जत्थाहरुका भौतिक रुपमा हमला गरिएको बारे औपचारिक रुपमा सरकारबाट सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री क्यामरुनले विरोधको प्रदर्शन गर्ने क्रममा घटेको यस प्रकारको आतंककारी घटनाका दोषीहरुउपर कुनै पनि हालातमा नरमी नदेखाइने भन्दै एक सशक्त अनुसन्धानकारी समूहलाई आफ्नो अनुसन्धान कार्यान्वयन गर्न पठाइएको बताएका छन् । धेरैपछिले रानीमाथि गरिएको यस्तै प्रकारको एक सांघातिक हमलाको पछि सरकारका सम्वद्ध अधिकारीहरुमध्ये केहीले राजीनामा दिएका थिए । गत विहीकार सेन्ट्रल लण्डनमा ट्यूसन फी बढाएको भन्दै नियमित रुपमा जारी राखेको प्रदर्शन तथा तोडफोड भएको बीच हुँदै राजकुमार परिवारको सवारी हुन गएको सन्दर्भमा स्कटल्याण्ड यार्ड तथा स्थानीय पुलिसहरुबीच सूचनाहको कारकरुपमा आदानप्रदान नभएकोले त्यस्तो अप्रिय घटना घट्न गएको थियो भनेर एक विज्ञप्तिमा भनिएको छ । आन्दोलनको उक्त समयलाई प्रतिनिधित्व गर्ने समूहले गम्भीर रुपमा जिम्मेवारी वहन गर्नुपर्ने र सोही दिनमा घटेको राजपरिवारमाथिको हमलालाई लिएर एक मेजर क्रिमिनल इन्भेस्टिगेसन थालिने त्यसैले भनिएको छ भने प्रदर्शनकारीहरुका तर्फबाट प्रहरीहरु नै निक्कै आक्रामक भएको र त्यसरी विद्यार्थीहरुलाई उक्स्याउने अभिप्राय तिनले नै राखेको भन्ने आरोप लगाइएको छ ।
श्रीमतीसहितका राजकुमारको सवारी भएको लिमोको झ्यालहरु वक्सा तथा ढुंगाको साहायताबाट फोडिएको थियो भने सेतो रंगको पेन्ट गाडीमा फ्यालिएको थियो । चालकले मुस्किलले गाडीलाई त्यहाँबाट भगाउन सफल भएका थिए ।-देब, मेस, श्रोत बीबीसी