समानुपातिकतर्फ झापामा माओवादीलाई राप्रपा भन्दा कम मत

समानुपातिकतर्फ झापामा माओवादीलाई राप्रपा भन्दा कम मत


झापामा माओवादी केन्द्रले समानुपातिकतर्फ राप्रपाको भन्दा पनि कम मत प्राप्त गरेको छ । राप्रपाको ३४ हजार ९ सय ६६ मत प्राप्त गर्दा माओवादी केन्द्रले ३३ हजार २५९ मत मात्र प्राप्त गरेको छ ।

झापामा प्रत्यक्षतर्फ प्रदेश तथा प्रतिनिधिसभाका सबै १५ वटै क्षेत्रमा बिजयी बनेको वामगठबन्धनको एउटा दल माओवादी केन्द्रले समानुपातिकतर्फ भने झापामा निक्कै कम मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभाका लागि ५ र प्रदेशसभाका लागि १० सिट रहेको झापामा एउटा पनि सिट जित्न नसकेको कांग्रेसले समानुपातिकतर्फ भने दोस्रो मत प्राप्त गर्न सफल भएको छ । कांग्रेसले नेपाली काँग्रेसले १ लाख २१ हजार ४ सय ८९ मत प्राप्त गरेको छ ।

त्यस्तै पहिलो भएको एमालेले समानुपातिकतर्फ १ लाख ६० हजार ६ सय ३९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । विवेकशील साझा पार्टीले ७ हजार ९४५ मत प्राप्त गर्दै पाँचौं स्थानमा रहेको छ ।