८ लाखको लगानीमा सञ्चार केन्द्र सञ्चालनमा

८ लाखको लगानीमा सञ्चार केन्द्र सञ्चालनमा


नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आठ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवं तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो केन्द्रमा नौ कम्प्युटर, फोटो कपी मेसिन, स्क्यानर, प्रोजेक्टरलगायत विभिन्न सामग्री छन् ।

सो नवनिर्मित केन्द्रको महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै पत्रकार उपचार कोषका लागि सोच बनाएको जानकारी दिए । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ तारानाथ अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, पे्रस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, कुसुम केशव पराजुलीलगायतले पत्रकारिता क्षेत्रको विकासमा केन्द्र कोशेढुंगा सावित हुने बताए ।

महानगरमा दुई दर्जनभन्दा बढी रेडियो, एक दर्जन दैनिक पत्रिका, चार वटा टेलिभिजनलगायत दर्जनाँै साप्ताहिक, पाक्षिक र मासिक पत्रिका सञ्चालन हुँदै आएको पत्रकार महासंघ कास्कीका पूर्व सभापति पुण्य पौडेलले जानकारी दिए । राससका अनुसार पत्रकार महासंघमा हाल ३ सय १० सदस्य छन् ।