महफिलमा सुनिए स्रस्टाहरू

महफिलमा सुनिए स्रस्टाहरू


विगत दुई वर्षभन्दा अघिदेखि मासिक रुपमा कविता, गीत, गजल र मुक्तक लेखकहरूलाई मञ्च प्रदान गर्दै आएको महफिल काब्य उपासनाको अर्को श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ । महफिलका संरक्षक गजलकार डा. कृष्णजङग राणा र वरिष्ठ साहित्यकार चेतन कार्कीको सान्निध्यमा प्रारम्भ शुक्रबारको महफिलको सुरुआत गजलकार डा. सनतकुमार वस्तीले गरेका थिए ।

त्यसउप्रान्त डा. राणाले आफ्ना दुई गजल वाचन गरे । उनले हिन्दी र नेपाली गरी दुई गजल वाचन गरेका थिए भने महफिलका अध्यक्ष साहित्यकार चेतन कार्कीले पनि आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल भारत पुस्तकालयका पुस्तकालयध्यक्ष महेशचन्द्र शर्माले एउटा हिन्दी कविता वाचन गरेका थिए । कार्यक्रमा गजलविज्ञ डा. घनश्याम न्यौपाने परिश्रमी, हिन्दी भाषाकी ज्ञाता डा. श्वेता दीप्ति, गोपाल अश्क, इम्तियाज वफा, अब्दुल मोमिन, मुरारी सिग्देल, प्रकाश उपाध्याय, शुभाषचन्द्र ढुङ्गेललगायतले आफ्ना रचना वाचन गरेका थिए ।