भीसी विजेता गुरुङ अब रहेनन्

भीसी विजेता गुरुङ अब रहेनन्


लण्डन । गत नोभेम्बर १८ तारिख अचानक विरामी परेर अस्पताल भर्ना गरिएका भीसी बिजेता ९३ वर्षीय लछिमन गुरुङकोहिजो हृयामरस्मिथस्थित च्यारिङ क्रस हस्पिटलमा हिजो दिउँसो देहावसना भएको छ ।
लछिमन गुरुङलाई लडाइँको मैदानमा साहस तथा वीरताको लागि दिइने ब्रिटिश तथा कमनवेल्थ फोर्सको उच्च पदक भिक्टोरिया क्रस १९, डिसेम्बर १९४५ प्रदान गरिएको थियो । सन् १९४५ को मे १२ र १३ तारिख, वर्मामा, चौंथो बटालियनको आठौं ब्रिटिश गुर्खा राइफलका निम्ति वीरतापूर्व साहसको प्रदर्शन गरेकाले गुरुङले सो पदक पाएका थिए । सो लडाइँमा गुरुङले एक हात र एक आँखा गुमाएका थिए ।
-देव, मेस