प्रहरीको गोलीबाट प्रदर्शनकारीहरुको मृत्यु

प्रहरीको गोलीबाट प्रदर्शनकारीहरुको मृत्यु


लण्डन । बंगलादेशका हजारौं कपडा उद्योगमा काम गर्ने कामदारहरुद्वारा तलबको विषयलाई लिएर विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि हिजो प्रहरीले गोली चलाउँदा कम्तीमा ३ जना मारिनुका साथै लगभग १५० जना घाइते भएको समाचार प्राप्त भएको छ । प्रहरीद्वारा प्रदर्शनकारीहरुमथि लक्षित गरेर रबरबुलेट तथा अश्रु ग्याँस प्रहर गरेका थिए । ५०जना जत्ति प्रदर्शनकारीहरु बंगलादेशको राजधानी ढाकामा घाइते भएका थिए । अर्को घाइते हुनेहरुमा ढाकाबाट ३०० किलोमिटर दक्षिण पूर्वमा अवस्थित चट्ग्राम बन्दरगाह नगरमा घटेको थियो । चट्ग्राममा ४ हजार जत्तिको प्रदर्शनकारी समूहले उद्योग कलकारखाना तोडफोड गरिनुका साथै प्रहरीमाथि आक्रमण गरेका थिए । यस घट्नामा प्रदर्शनकारीहरुले २० वटा गाडी जलाएका थिए । प्रदर्शनकारीहरुको हिंसात्मक कारवाहीले गर्दा बन्दरगाह नगर चट्ग्रामको निर्यात गर्ने क्षेत्र वरपरका ३०० भन्दा बढी कपडा उद्योगहरु बन्द भएका छन् । प्रहरीलाई स्थिति नियन्त्रण गर्न घन्टौं लागेको थियो । हजारौ कामदारहरु सडकमा उत्रेर तलब बृद्धि भएको भुगतान गर्नुपर्ने माग गर्ने बेलामा अशान्ति मच्चिएको थियो ।
केही महिनाअघि सरकारले कपडा उद्योगहरुमा काम गर्ने कामदारहरुका लागि मासिक तलबमा बृद्धि गरेको थियो, तर, प्रदर्शनकारीहरुका अनुसार बृद्धि गरिएको तलब भत्ता कम्पनीका मालिकहरुले नदिएकाले विरोध प्रदर्शन गरेको कुरा प्रकाशमा आएको छ । नयाँ तलबमान् प्रतिमहिना १६६२ टाका (१५ पाउण्ड) बाट ३००० टाका (२७ पाउण्ड) बढाइएको थियो र यस महिनाबाट सो बृद्धि भएको तलबभत्ता लागू हुनुपर्ने थियो । बंगलादेशको कुल वार्षिक निर्यातको ८० प्रतिशत्, दश बिलियन पाउण्ड बराबरको रकम कपडा उद्योगहरुबाट हुने गर्दछ र यी कपडाहरु अमेरिका र युरोपमा निर्यात गर्दछ । श्रोत – मेट्रो, सुमल, मेस ।