यूकेमा फेरि कठ्यांग्रिने तापक्रमको शुरुवात हुँदै

यूकेमा फेरि कठ्यांग्रिने तापक्रमको शुरुवात हुँदै


लण्डन । हिमपात का साथ वरफिलो मौसम यूकेका अधिकाँश भूभागमा छिट्टै नै छाउँदै छ, जोसँग सर्वसाधारणहरुलाई झेल्नका लागि पर्नसक्ने मुस्किलसँग सामना गर्नको लागि साथ तथा सहयोथ दिनका लागि सेनाहरुको परिचालन गरिने भएको छ ।
आगामी दश दिनभित्र स्कटलैण्ड र केन्टबीच निम्नतम माइनस १० टिग्री सेल्सियससम्म तल झर्ने अनुमान गरिएको छ । दक्षिण-पश्चिम यूकेका धेरै भूभागलाई भने आगामी हप्ताको चीसो तथा कठ्यांग्रिने तुसारो तथा हिमपातले असर नपार्ने भनिएको छ । वुधबार रातिदेखि नै सो क्षेत्रतिर वर्षा मात्रै व्यापक मात्रामा हुने जनाइएको छ ।
यसरी हिमपातहरुको मात्रा यूकेमा साधारणतः बढ्दै गएको सन्दर्भमा फोर बाइ फोर मोटरहरुको माग हृवात्तै बढेको छ । हुन त हिमपातको बेलामा सवारी चलाउनका लागि विशेष किसिमको टायरहरुको पनि बजारमा पूर्ति भइरहेको भए तापनि सोको प्रयोगले इन्स्योरेन्स बील भने बढ्ने भएको छ । वरफिलो सडकहरुमा चलाउनका लागि फोर बाइ फोर गाडीहरु नै भरपर्दो हुने पक्का छ । काममा समयमै पुनका लागि ग्राहकहरु गत सालको भन्दा अत्यधिक मात्रामा सोही प्रकारका जिपहरुको खरिद गर्न लागिरहेका छन् । तर पनि इन्स्योरेन्स तथा यातायात कम्पनीहरुले भने जरुरी नभए हिमपात भएको बेलामा सवारी नचलाउनका लागि सुझाव दिएका छन् ।-देब, श्रोत मेट