विश्लेषकले औंल्याए खतरा

विश्लेषकले औंल्याए खतरा


बामपन्थी दलहरुले लगभग दुई तिहाई बहुमत ल्याए पनि नेकपा एमाले र माओवादी केन्द्रबीच बढेको दुरीका कारण सरकार स्थायी नबन्ने वुद्धिजीवी एवम् विश्लेषक डा. सुरेन्द्र केसीले दाबी गरेका छन् । यदि यही किचलोमा वामपन्थीहरुको सरकार बने त्यो तीन महिना पनि नटिक्ने केसीको कथन छ ।

एक मिडियासँगको कुराकानीमा डा. केसीले नेपाली राजनीतिमा जे पनि हुन सक्छ भन्दै त्यस्तो भए अन्यथा मान्नु नपर्ने बताए । संगै मिलेर चुनाव लडेका र दुई तिहाई मत प्राप्त गरेका एमाले र माओवादीले सरकार गठन गर्न सक्तैनन् भने नेपालको राजनीतिमा जे पनि हुन सक्ने उनको धारणा छ । २०१५ र ०४८ सालका राजनीतिक घटनाको उदाहरण दिँदै डा. केसीले आफ्नैै सरकार आफै ढाल्ने दलका नेताहरूले सत्ताप्राप्तिका लागि जस्तोसुकै खेल पनि खेल्न सक्ने आँकलन गरे ।

बामपन्थी गठबन्धनले बहुमत प्राप्त गर्नासाथ प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्नेमा अहिलेसम्म नदिनु संविधान र कानुनको उपहास भएको उनको धारणा छ । साथै, प्रमुख दलका नेताहरूलाई विभिन्न आरोप लगाउँदै नेपाललाई दयनीय अवस्थामा पु¥याउन नेताहरुकै विशेष हात रहेको उनले प्रस्ट पारे ।

जनयुद्धले भन्दा मधेसी आन्दोलनले मुलुकको आर्थिक विकासलाई धराशयी बनाएको र यसले समग्र मुलुकको विकास २० बर्षपछि धकेलिएको डा. केसीको दाबी छ । उनका अनुसार अहिले पनि मुलुकको स्थिति उस्तै छ, यदि मुलुकमा स्थायी सरकार बनेन भने त्यसले यो भन्दा नराम्रो प्रभाव पार्ने छ । मुलुकको विकासभन्दा सत्ताकै लागि ¥याल चुहाउने दलका नेताहरुले पुनः राजनीतिक सुसाइट गरेर देशलाई भड्खालोमा हाल्ने कसरतमा लागेको आफूले अनुभूति गरिरहेको डा. केसीले बताए ।