बेलायत : अंग प्रत्यारोपणसम्बन्धी तथ्यहरु

बेलायत : अंग प्रत्यारोपणसम्बन्धी तथ्यहरु


लण्डन । अहिलेसम्म देशको २८ प्रतिशत (एक करोड चौसाठी लाख) व्यक्तिहरुले नेशनल हेल्थ सर्भिसेज -एनएचएस) मा आफ्नो शरीरको अंग अनुदान गर्नलाई दर्ता गरेका छन् । नाम दर्ता गर्दा बुवाआमाले बच्चा जन्मँदा नै दर्ता गर्नसक्ने प्रावधान छ र दर्ता गर्दा न्युनतम आयुको सीमा राखिएको छैन । अहिलेका अंग प्रत्यारोपण सम्बन्धी केही तथ्यहरु निम्नअनुसार छन् :-
· अहिलेको तथ्यांकले बेलायतमा दशहजार मान्छेलाई कुनै न कुनै अंग प्रत्यारोपण गर्नु पर्ने आवश्यकता देखिएको छ ।
· एकहजार व्यक्तिहरु प्रत्येक वर्ष अंग प्रत्यारोपणको पर्खाइमा बसेका हुन्छन् ।
· जीवित अनुदानकर्ताका शरीरबाट तथा १६६२जना मृतक व्यक्तिहरुको शरीरबाट अंग निकालेर बेलायतमा गत वर्ष ३२३८वटा अंग प्रत्यारोपण गरेका थिए ।
· मृगौला : हाल ठूलो मागमा रहेको मृगौला प्रत्यारोपण, गत वर्ष प्रत्येक तीनवटा प्रत्यारोपणमा एकजना जीवित व्यक्तिबाट अनुदान गरेका थिए जसमा प्रत्यारोपणको कुल संख्या जीवित व्यक्तिको अनुदान र मृतकहरुको अंगहरुबाट निकालेर २००० जना व्यक्तिहरुमा प्रत्यारोपण गरिएका थिए ।
· कलेजो : प्रत्येक वर्ष ३५० जना जत्तिको कलेजो प्रत्यारोपण हुने गर्दछ ।
· मुटु : लगभग २०० जना जत्तिलाई प्रत्येक वर्ष मुटुको प्रत्यारोपण गरिन्छ ।
· दानकर्ताले मुटु, फोक्सोहरु, मृगौलाहरु, पाचकदानीहरु, कलेजो, सानो आन्द्र, आँखाको नानी, हड्डी, छाला, मुटुका कोष्ठहरु र नलीहरु भन्नाले एकजना दानकर्ताले १५जना व्यक्तिहरुसम्मलाई अंगदान गर्न सकिन्छ ।
· एसियाली समुदायका व्यक्तिहरुलाई तीनदेखि चार गुणा बढी अंग प्रत्यारोपणको अवश्यकता पर्ने देखिन्छ । किनभने यी समुदायका व्यक्तिहरुमा साधारणतया मधुमेह र मुटुका रोगहरु बढी देखापर्छन् ।
· अनुदानकर्ताहरुले आफ्नो शरीरको कुनचाँहि भाग दान गर्ने हो सो उल्लेख गर्न सकिन्छ अथवा डाक्टरलाई उनको शरीरको कुनै पनि भाग प्रत्यारोपण गर्नसक्छ भनेर लिखित रुपमा अधिकार प्रदान गर्न सकिन्छ ।
अनुदानकार्डहरु पहिलोचोटि सन् १९७१मा शुरु गरेका थि्ए जतिबेला मृगौला प्रत्यारोपण गर्न सकिन्थ्यो त्यसपछि प्रत्यारोपणमा यसपद्धतिले वैधानिकता पाएको हो । जब कुनै अंगदान गरिसकेका व्यक्तिको मृत्यु हुन्छभने उनको शरीरबाट अंग निकाल्नु अघि उनका नातेदारहरुलाई सोधेरमात्र अंग निकाल्ने गरिन्छन् । श्रोत- विकिपेडिया, मेट्रो, सुमल, मेस ।