लमजुङमा तीनलाख राशीको त्रिवेणी कप पौष दोस्रो सातादेखि

लमजुङमा तीनलाख राशीको त्रिवेणी कप पौष दोस्रो सातादेखि


विगतका वर्षहरु झै यसवर्ष पनि पौष १२ गते बाट राष्ट्रयव्यापी फुटवल प्रतियोगिता हुने भएको छ । क्लवले शनिबार पत्रकार सम्मेलन गरी आगामी पुष १२ गतेदेखि राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता २६ औँ त्रिवेणी कप २०७४ शुरु हुन लागेको जानकारी गराएको हो ।

बेसीशहरको सहजी खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । गतबर्ष २५ औं रजत जयन्तीको अवसर पारी पुरा साइजनको खेलमैदानमा फुटवल खेलाइएको त्रिवेणी क्लवले यसबर्ष पनि दर्शकको मध्यनजर गरी उत्कृष्ट तवरबाट खेल प्रदशर्नी गर्ने तयारी गरेको छ ।

त्रिवेणी कपको पहिलो संस्करणमा हुने पहिलो हुने समूहलाई नगद ३ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, दोस्रो हुने समूहले रजतपदकसहित नगद १ लाख ५० हजार प्राप्त गर्नेछन् । सेमीफाइनल उपबिजेता दुई समूहलाई नगद ५०-५० हजार प्रदान गरिने पत्रकार सम्मेलन त्रिवेणी युवा क्लवका अध्यक्ष छविन्द्र गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सर्वा्धिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५-१५ हजार, स्वर्णपदक र प्रमाण पत्र प्रदान गरिनेछ ।

यस्तैगरी, अनुशासित टिमलाई १० हजार ट्रफि र प्रमाणपत्र प्रदान गरीने भएको छ । टीमदर्ता शुल्क १० हजार रुपैयाँ लाग्ने र पुस ११ गते दिउँसो १ बजेसम्म टीमदर्ता गर्न सकिने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा १९ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

खेललाई थप सहज र स्तरीय बनाउन सहजी रंगशालालाई ११ साइजको फुटबल खेल्न मिल्नेगरी लम्बाई १०० मिटरको बनाइएको छ । ११ साइजका लागि आवश्यक चौडाई ६० मिटर बनाइएको छ । क्लवले सास्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने भएको छ । क्लवले खेल मैदान विस्तारका लागि २ लाख खर्च लाग्ने जनाएको छ ।

जिल्लामा फुटबल खेलको विकास र पूर्वद्धन गर्ने, ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरुको प्रतिभा उजागर गर्ने र राष्ट्रिय स्तरमा उकास्ने र युवाहरुमा अनुशासन र स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्ने उदेश्यले प्रतियोगीताको आयोजना गरीएको क्लवका अध्यक्ष गुरुङले बताए ।