मोटोपनको कारण अस्वस्थ राष्ट्रमा बेलायत अगाडि

मोटोपनको कारण अस्वस्थ राष्ट्रमा बेलायत अगाडि


लण्डन । एउटा प्रभावशाली स्वास्थ्य अध्ययनले देखाएअनुसार युरोपका तमाम् राष्ट्रहरुमध्ये बेलायत स्वास्थ्यको दृष्टिकोणबाट सबैभन्दा अस्वस्थ राष्ट्रमा पर्दछ र युरोप भरिमा सबैभन्दा बढी अनुपातमा थुलथुल देखिने मोटो व्यक्तिहरु छन् । सबैभन्दा बढी मिड्ल्याण्डमा २० लाखभन्दा बढी वयस्कहरु, २९ प्रतिशत मानिसहरु मोटो छन् । दोश्रो क्रममा उत्तरपूर्वका वासिन्दहरु थोरै अन्तरले मिड्ल्याण्डका मानिसहरुभन्दा कम मोटो छन् । पब्लिक हेल्थ अब्जर्भेटरीले जानकारी दिएअनुसार युरोपियन युनियनको आंकडा १४ प्रतिशतभन्दा यो दुई गुणा हुन आउँछ । अध्ययनले २७ वटा राष्ट्रहरुमा बेलायतमा सबैभन्दा बढी किशोरअवस्थाका केटीहरु गर्भवति बन्न पुगेका तथ्य थाहा हुनआएको छ । यतिखेरको प्रतिवेदनमा इङ्ग्ल्याण्डको उत्तरपूर्वी क्षेत्रमा सबैभन्दा बढी किशोर अवस्थाका केटीहरु गर्भधारण भएका देखाएको छ । यसरी नै क्यान्सरबाट मृत्यु हुनेहरुको संख्यामा दक्षिणपूर्वी इङ्ग्ल्याण्डमा प्रति एकलाखमा १८५ जना मृत्यु भएको रेकर्ड छ र दोश्रोमा स्कटल्याण्ड पर्न आउँछ जहाँ प्रति एकलाखमा मृत्युहुनेहरु १७९ पर्दछ । तर, एउटा बेलायतको लागि खुशीको कुरा, अरु धेरै राष्ट्रहरुभन्दा वयस्क धुम्रपान गर्ने व्यक्तिहरु बेलायतमा एकदमै कम छन् ।
श्रोत- मिरर, मेट्रो, सुमल, मेस ।