प्रचण्ड,केपी शर्मा ओलीले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि उनीहरुले पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएका हुन ।
राजधानीको अन्नपूर्ण होटलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको समाचार स्रोत बताउछ । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा नेताहरुले आम मतदातालाई धन्यवाद दिने बताइएपनि राष्ट्रिय सभा निर्वाचन अध्यादेश, प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा दुवै दलको ठोस धारणा सार्वजनिक गर्ने बुझिएको छ ।
प्रतिक्रिया