नयाँ जीवनको खोजी गर्ने ५०को मृत्यु

नयाँ जीवनको खोजी गर्ने ५०को मृत्यु


लण्डन । बच्चाहरुसहित कम्तीमा ५०जना मानिसहरु डुबेर मरेका समाचार प्रकाशमा आएको छ । अष्ट्रेलियाको एउटा द्वीपमा पुग्ने प्रयास गर्दा उनीहरु चढेका काठको डुँगा (जहाज) चट्टानमा ठोक्किएर टुक्रिएपछि यो दुःखद घटना घटेको थियो । ३० फुटको डुँगाभित्र रहेका प्राय सबै शरणार्थीहरु भीषण उफान् लिँदै उर्लिरहेको सामुन्द्रिक भेलमा डुँगाबाट फालिएका थिए । मानिसहरुका भययुक्त आर्तनाद र चित्कारले किनारामा रहेका प्रत्यक्षदर्शीहरु बिउँझेका थिए र उनीहरु हेर्न आउँदा कैंयौं लाशहरु पानीमाथि तैरिरहेका देखेका थिए ।
अष्ट्रेलियाका उपप्रधानमन्त्री वेन स्वानले ….डुँगामा भएका मानिसहरु इराकी तथा इरानी मूलका थिए, सम्भवतः डुँगा मानिसहरुलाई अवैध तरिकाले ओसारपसार गर्ने तस्करहरुले प्रयोग गरेको हुनसक्छ… भनेर आशंका व्यक्त गरेका छन् । दुर्घटनाग्रस्त भएको ठाउँनजिकै बस्ने एकजना साइमन प्रिन्स नाम गरेका प्रत्यक्षदर्शीले ….डुँगाको इन्जिन बिग्रेकोले त्यो डुँगालाई उर्लँदो पानीको भेलले अघिपछि ठेलिरहेको थियो.. समुन्द्र छेउको चुन ढुंगाबाट बनेको चट्टान एकदमै जोखिमपूर्ण छ…..यसरी अघिपछि भइरहेको बेलामा समुन्द्रको छाल उँचाइको उफान लिएर आउँदा वेगसित समुन्द्र किनाराको ढुंगामा बजारिँदा डुँगा चकनाचुर भएर टुक्रिएको थियो … उनले अघि थपे ..त्यहाँ अरु दुइटा ससाना जीवन रक्षक डुँगाहरु पनि थिए .. यो दृष्य अत्यन्त भयावह थियो, मान्छेहरुका शरीरहरु च्यापिरहेका थिए, लाश र मरेका बच्चाहरुका लाशहरुले दृश्य हृदयविदारक बनाएको थियो ।
यो नाटकीय घटना हिजो बिहानको समयमा क्रिसमास आइल्याण्ड नाम गरेको अष्ट्रेलियाई द्वीपमा घटेको थियो । यो ठाउँ इण्डोनेसियाबाट नजिक पर्दछ । उद्द्धारकर्ताहरुले केही व्यक्तिहरुलाई बचाए । त्यस घटनामा एकजना आफै पोडेर किनारासम्म आएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार अझ धेरै लाशहरु पानीमाथि आउन सक्ने अडकल गरिएको छ । घट्नास्थल छेउका अर्को एकजना रैथाने माइकल फोस्टरले आइमाइ र बच्चाहरुको चित्कार हेलिएको समुन्द्रबाट आइरहेको थियो…तिनीहरुसँग लाइफ ज्याकेट पनि थियो, तर, समुन्द्रको उफानयुक्त भेलले माथि उठाउँदै चट्टानतर्फ फाल्दथ्यो र फेरि समन्द्रतिर नैे झार्दथ्यो भनेर आफ्नो भनाइ उद्धृत गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।