स्कटिस युनिभर्सिटीमा इङ्ग्लिश अनुहारलाई चर्को फिस

स्कटिस युनिभर्सिटीमा इङ्ग्लिश अनुहारलाई चर्को फिस


लण्डन । हिजो स्कटल्याण्डका विश्वविद्यालयहरुमा नयाँ ट्यूसन फिसको चौगुणा अभिबृद्धि योजनाबारे स्कटिस सरकारले प्रकाश पारेको छ जसबाट अंग्रेज -इङ्ग्लिश) विद्यार्थीहरु ठूलो मारमा पर्ने देखिएको छ । उत्तरी सीमाबाट अध्ययन गर्न जाने इङ्ग्लिश विद्यार्थीले ट्यूशन फिसको वृद्धिबाट सालमा अहिले तिर्दै आएको १८०० पाउण्ड तिर्नु पर्नेमा अबको बृद्धिबाट ६५०० पाउण्ड साल्ाको तिर्नु पर्ने देखिन्छ । फिसको बृद्धिले गर्दा विद्यार्थी विश्वविद्यालयबाट बाहिरिनु पर्ने आशंका गरेका छन् । नयाँ योजनामा समग्र फिसको बृद्धि इङ्ग्ल्याण्डका विश्वविद्यालयहरुको हाराहारीमा बढीभन्दा बढी सम्भावित पाठ्यक्रमहरुलाई समेटेर राखिएको छ किनभने स्कटल्याण्डका डिग्रीहरु इङ्ग्ल्याण्डको जस्तो ३ वर्षको नभई चार वर्षसम्मको हुन्छन् । युरोपियन युनियन अन्तर्गतका राष्ट्रहरुमध्ये इङ्ग्ल्याण्डबाट आउने विद्यार्थीहरुले मात्र पाठ्यक्रमको लागि स्कटल्याण्डका युनिभर्सिटीहरुमा फिस तिर्नुपर्ने छ । वेल्शका विद्यार्थीहरुका लागि वेल्श सरकारले अध्ययनको लागि सहुलियत प्रदान गरिन्छ ।
मेट्रोलाई उद्धृत गर्दै कन्जर्भेटिव दलको एमपी, फिलिप हल्लोबानले …यसले जातीय शोषणतर्फ इंगित गरेको देखिन्छ, यो सही होइन र सही छैन, यो कुरा न्यायिक होइन ..यसलाई फेर्नु पर्ने देखिन्छ … भनेका छन् । त्यस्तै अर्को टोरी एमपी, डोगलास् कार्सवालले युरोपियन युनियनको नियमभित्र रहेर इङ्ग्ल्याण्डले यो कस्तो काँचो व्यवहार भोग्नु पर्ने देखाएको होला भनेर उद्धृत गरेका छन् । तर, स्कटिस शिक्षा-मन्त्री माइकल रसेलले यस योजनाबाट पूरा शैक्षिक आर्थिक भार पूरा हुँदैन भनेका छन् । बेलायत सरकारले हालको फिसलाई तीन गुणा बढाएर ९ हजार पाउण्ड बनाएको एमपीहरुको फैसलाको विरोधमा गत हप्ता ट्यूसन फिसको बृद्धि गरिएको मुद्धालाई लिएर दशौं हजार विद्यार्थीहरुले पार्लियामेन्ट हाउसअघि प्रदर्शन गरेका थिए । श्रोत-मेट्रो, गार्जियन, सुमल, मेस ।