उँधौली चासोक तङ्नाम ५०७० को स्वागत

उँधौली चासोक तङ्नाम ५०७० को स्वागत


नेवाः काठमाडौं । आदिवासी किरात लिम्बू जातिको महान चाड उँधौली चासोक तङ्नाम ५०७० को स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत अरुण-सप्तकोशी पूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताका लागि चासोक् तङ्नाम ५०७० को शुभकामना कार्यक्रम चुम्लुङहिम ललितपुरमा सम्पन्न भएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बवान राज्य परिषद उपत्यका सर्म्पर्क कार्य समितिको आयोजनामा सम्पन्न भएको यस कार्यक्रममा लिम्बू समुदाय, किरात समदाय, लिम्बू जन्य संघसंस्था तथा लिम्बुवानीवादी राजनीतिक सङ्गठनका साथै तामाङ्सालीङ, खम्बुवान, धिमाललगायतका सङ्गठन र आदिवासी लिम्बू बुद्धिजिवीहरुसमेत उपस्थिति रहेको छ ।
यस कार्यक्रमलाई संघीय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले लिम्बुवानी शहीदहरु माङतोक र मनिललाई साक्षी राख्दै पानसमा द्वीप प्रज्वलन गरेर उद्घाटन गरेकाछन् ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरुसमेत लिम्बुवान कलाकारहरुबाट प्रस्तुत भएको छ ।

– डीबी आङ्बुङ