ओली र प्रचण्डको पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपाल अनुपस्थित

ओली र प्रचण्डको पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपाल अनुपस्थित


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डद्वारा आयोजित पत्रकार सम्मेलनमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित हुनुभएन । आज आइतबार (पुस २) राजधानीको अन्नपूर्ण होटलमा विद्यमान स्थितिबारे वामगठबन्धनको धारणा स्पष्ट गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो अवसरमा ओली र प्रचण्ड बाहेक झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायतको उपस्थिति थियो ।

तर, माधवकुमार नेपाल भने पत्रकार सम्मेलनमा सहभागी हुनुहुन्नथ्यो । वरिष्ठ नेता नेपाललाई पत्रकार सम्मेलनमा उपस्थित हुन आमन्त्रण नगरिएको र उहाँलाई सामान्य जानकारीसम्म नगराइएकोले उहाँको उपस्थिति नरहेको बुझिएको छ । ओली र प्रचण्डले पत्रकार सम्मेलन गरिरहँदा माधव नेपाल आफ्ना मतदाताहरुबीच उपस्थित भएर धन्यवाद मन्तव्य प्रकट गर्दै हुनुहुन्थ्यो ।