माओवादी नेताले खनाललाई प्रधानमन्त्री स्वीकार गर्ने

माओवादी नेताले खनाललाई प्रधानमन्त्री स्वीकार गर्ने


लन्डन । एमाले अध्यक्ष झलनाथ खनाललाई नयाँ प्रधानमन्त्रीको रुपमा आफ्नो पार्टीले स्वीकार गर्ने माओवादी स्थायी समिति सदस्य देबप्रसाद गुरुङले बताएका छन् । एमालेको नेतृत्व स्वीकार गर्ने पार्टीको पुरानो निर्णय कायम रहेको उनले बताए ।

‘पहिलो दाबी हाम्रै हुन्छ । तर हाम्रो नेतृत्व अरुले स्विकार गर्ने अवस्था नरहेकोले हामी एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वलाई स्विकार्न तयार छौं, हाम्रो मान्यता भनेकै छिटो नयाँ सरकार गठन गरेर शान्ति र संविधान निर्माणको बातावरणलाई सुनिश्चित गर्नुपर्छ भन्ने हो ।’ रिपोर्टर्स क्लवको साक्षात्कारमा आज उनले भने ।

उनले रामचन्द्र पौडेलको उम्मेदवारी खारेज भइसकेको दाबी गरे । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले रामचन्द्र पौडेलको विपक्षमा ३०१ मत पुर्‍याएर पराजित नगराएसम्म उम्मेदवारी कायम रहने बताए । नयाँ सरकारको आवश्यकता महसुस गरेर नै माओवादीले प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी विवादको अन्त्यको लागि संसदको अधिवेशन बोलाएको नेता गुरुङले दाबी गरे ।

नयाँ प्रक्रिया सुरु भए कांग्रेसले रामचन्द्र पौडेलको विकल्प दिन सक्ने उनले स्पष्ट पार्दै भने ‘कांग्रेसमा प्रधानमन्त्रीको एक से एक विकल्प छन् । पौडेलको विकल्प पार्टीले दिन सक्छ’ । – मेस