आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा

आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा


आइसर कम्पनीले ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्सएम बजारमा ल्याएको छ । हालै आयोजित ‘आईसर कन्ष्ट्रक्ट २०७४’को भव्य एक्स्पोबीच कम्पनीका सिनियर भाईस पे्रसिडेन्ट तथा इन्टरनेशनल बिजनेस हेड एस.एस गिल र वतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले संयुक्त रुपमा रिवन काटी उक्त टिपर सार्वजनिक गरेका हुन् ।

नेपाली बजारमा लोकप्रिय आइसरका बस, ट्रक, टिप्पर आदि इन्धन किफायती, बलियो र पावरफुल मनिँदै आएको छ । उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्तराज बतास र कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरूमा लाइफ टाइम सेवा प्रदान गरिने बताउनुभयो ।