नेकपा (माओवादी केन्द्र) ले आज ११ बजेका लागि केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्नका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठ्क बोलाएको हो ।
नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने प्रवक्ता भुसालको भनाई छ । उनका अनुसार सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने छ ।
प्रतिक्रिया