ठुलागी हिमताल प्रतिवर्ष २२ मीटर साँघुरिँदै

ठुलागी हिमताल प्रतिवर्ष २२ मीटर साँघुरिँदै


नेपालमा अत्यन्तै जोखिममा रहेका ६ वटा हिमतालमध्ये हिमालपारीको जिल्ला मनाङमा रहेको ठुलागी हिमताल प्रतिबर्ष २२ मीटर साँघुरिदै गएको छ ।

मनाङको नाशोङ गाउँपालिका अन्तर्गतको नाचै गाउँको लेक(मनास्लु हिमालको फेद) मा पर्ने ठुलागी हिमताल जलवायु परिवर्तनका कारण खतरापूर्ण बनेको हो । ठुलागीवाट बग्ने दोना नदीको बिपरित भागको छेउमा कच्ची अवस्थामा रहेको दायाँबायाँ भासिने क्रम जारी रहेको र तापमान वृद्धिका कारण हिमालको हिउँ पग्लने क्रम बढ्दै गएकाले ठुलागी हिमताल खतरापूर्ण रहेको विज्ञहरुले वताएका छन् ।

प्रतिवर्ष २२ मीटर साँघुरिँदै गएको वरिपरिको हिमचट्टान झर्ने क्रममा रहेको र हिमाली क्षेत्रलाई केन्द्र विन्दु बनाएर पटक–पटक गईरहने भूकम्पका कारण पनि हिमताल विष्फोट हुने खतरा बढेको हो ।

तटीय क्षेत्रमा ठूलो मानववस्ती र भौतिक संरचना रहेकाले हिमताल विष्फोट भएमा मस्र्याङदी जलाधार क्षेत्रमा अर्बौको क्षति पु¥याउने देखिएको छ । सन १९९५ को तुलानामा पछिल्लो अध्ययनका क्रममा ठुलागीको लम्बाई ५ सय मीटर बढेको क्षेत्रफल शुन्य दशमलब ९६३ बर्ग किलोमीटर बढेको र पानी ६ लाख घनमीटर पाईएको थियो ।

अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले यसअघि ठूलागी हिमतालको बारेमा एक अध्ययन समेत गरिसकेको छ । अध्ययनका क्रममा ईसीमोडले ठूलागी हिमताल जोखिम अवस्थामा रहेको जनाएको थियो ।
ईसीमोडले अध्ययन पछि हिमाली क्षेत्रमा शुन्य दशमलब शुन्य ९ डिग्रीका दरले तापक्रम बढिरहेकोले हिमतालहरु खतरा बाहिर नरहेको जनाएको थियो ।