सुबिसुधाको ‘फ्रन्टपेज’ बजारमा

सुबिसुधाको ‘फ्रन्टपेज’ बजारमा


काठमाडौं- पत्रकारिता र साहित्यिक सिर्जनामा तल्लीन सुबिसुधा आचार्यको ँफ्रन्टपेज’ कथासङ्ग्रह हालसालै बजारमा आएको छ । गीत, गजल, कविता, उपन्यास, कथा आदि विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी सुबिसुधाको यसभन्दा अगाडि ‘अग्नियुद्घ’ र ‘रहस्यमय भोगाइ’ कथासङ्ग्रह लगायत अन्य विधाका सात वटा पुस्तकहरू समेत प्रकाशित भैसकेका छन् ।
‘फ्रन्टपेज’ कथासङ्ग्रहका बहुसङ्ख्यक कथाले नारी स्वर, नारी चेतना, नारी स्वायत्तता र स्वालम्बनका अवधारणा समेटेका छन् । शुद्घ, सरल र रसमय भाषामा विविध रूप र रङको सजीव चित्रण, संवादको सहज-स्वाभाविक एवम् जीवन्त प्रयोगले कथाहरू प्रष्ट र बोधगम्य बनेका छन् । काव्यसुधा डट कमले प्रकाशन गरेको यस पुस्तकमा रोचक एक दर्जन कथाहरू संलग्न छन् । १३२ पृष्ठ रहेको यस पुस्तकको मूल्य नेपालमा रू. १००/- र विदेशमा रू.४८०/- रहेको छ ।-मेस, काठमाण्डौ