धर्मशाला निर्माणका लागि आयोजित महायज्ञबाट १९ लाख संकलन

धर्मशाला निर्माणका लागि आयोजित महायज्ञबाट १९ लाख संकलन


झापाको दमक–४ स्थित त्रिपुरेश्वर शिवमन्दिरमा सञ्चालित महायज्ञबाट करिब रु १९ लाख संकलन भएको छ ।

मन्दिरका उपाध्यक्ष तथा प्रचार समितिका संयोजक पुण्यप्रसाद खनालका अनुसार गत मंसिर ९ देखि १७ गतेसम्म मन्दिर परिसरमा सञ्चालित श्रीमद्भागवत धानयाञ्चल महायज्ञबाट रु १८ लाख ९४ हजार ४३५ सहयोग जुटेको हो ।

सहयोग प्राप्तमध्ये महायज्ञ सम्पन्न गर्न रु सात लाख १० हजार २८२ खर्च भई कूल रु ११ लाख ८४ हजार १५३ बचत भएको उपाध्यक्ष खनालले जानकारी दिए ।

राससका अनुसार महायज्ञबाट संकलित सहयोगले धर्मशाला भवन निर्माणसँगै अक्षय कोषमा जम्मा गरिने मन्दिरका अध्यक्ष तीलक थापाले बताए ।