जुगल साहित्य र शिक्षा सम्मान प्रदान

जुगल साहित्य र शिक्षा सम्मान प्रदान


सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित जुगल बोर्डिङ स्कुलको २७ औं बार्षिकोत्सवको अवसरमा साहित्य र शिक्षा सम्मान प्रदान गरिएको छ । स्कुलले साहित्य र शिक्षाको विकासमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको हो ।

बार्षिकोत्सवको मूल समारोहमा साहित्यकार ध्रुवलाल श्रेष्ठ र शिक्षाको विकासमा योगदान पु¥याएका कृष्णराज श्रेष्ठलाई सम्मान गरिएको हो । सम्मानितद्वयलाई स्कुलका प्रिन्सिपल ओमप्रकाश उप्रेतिले सम्मान पत्र प्रदान गरे । ‘जिल्लामा रहेर साहित्यप्रति समर्पित र शिक्षाको विकासका लागि योगदान पु¥याएका व्यक्तिलाई कदर गर्दै सम्मान गरिएको हो,’ प्रिन्सिपल उप्रेतिले भने । ध्रुबलाललाई जुगल साहित्य सम्मान र कृष्णराजलाई जुगल शिक्षा सम्मान प्रदान गरिएको हो ।

बोर्डिङले साहित्य लेखनीबाटै समाज विकासका योगदान अतुलनीय भएकैले सम्मान गरिएको जनाएको छ । ‘साहित्य सिर्जिनु नै चूनौति छ, जुन सामान्य व्यक्तिबाट सम्भव छैन,’ सम्मानपछि प्रिन्सिपल उप्रेतिले भने, ‘अक्षर खेति गर्नेका लागि विद्यालयले यो सानो कदर मात्रै गरेको हो, हौसला बढाएको हो ।’ उनले साहित्य र शिक्षा सम्मान हरेक वर्षका लागि निरन्तरता दिने बताए । साहित्यमा सम्मानित भएका श्रेष्ठको भाव मञ्जरी कविताकृति प्रकाशित छ ।

त्यस्तै बोर्डिङले शिक्षा सम्मान अर्पण गरेका कृष्णराज जिल्लाकै पहिलो कृष्ण रत्न गंगा माविका शिक्षण पछि विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा थिए । सदरमुकाममा रहेको चौतारा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षसमेत रहेका उनले सदरमुकाम आसपास शिक्षाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।