प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाड्ने बताएका छन् । देउवालाई उद्धृत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले यो चुनावी सरकार भएको र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर मात्र सरकार छाड्ने बताए । उनले निर्वाचन आयोगले पूर्ण मत परिणाम अझै सार्वजनिक नगरिसकेको चर्चा गर्दै नयाँ सरकारको गठन प्रक्रिया पु¥याएर मात्र छाड्ने दोहोर्याए । ‘प्रधानमन्त्रीले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न’, उनको तर्क छ ।
राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि आफूहरु सरकार छोड्न तयार रहेको प्रष्ट्याउँदै उनले दुई महिनाअघि राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको तर अहिलेसम्म स्वीकृति नदिनु दुःखद भएको गुनासो गरे । मन्त्री थापाले अध्यादेश संविधानसम्मत रुपमा राष्ट्रपतिसमक्ष पठाएको भन्दै त्यसलाई स्वीकृत गर्नुको विकल्प राष्ट्रिपतिसँग नभएको उल्लेख गरे ।
प्रतिक्रिया