अपांगतायुक्तलाई ह्विल चियर

अपांगतायुक्तलाई ह्विल चियर


जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–३ देखि २२ नं वडाका ३० बालबालिकालाई निःशुल्क ह्विल चियर वितरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले जानकारी दिए । ती ह्विल चियरको न्यूनतम मूल्य रु १५ हजारदेखि ३० हजारसम्म पर्ने बताइएको छ । संस्थाले यही पुस ५ गते महानगरका अन्य वडामा पनि थप ३० ह्विल चियर वितरण गर्नेछ ।

जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षेत्रीले अपांगयुक्त बालबालिकाको लागि संस्थाले असल काम गरेकामा सराहना गर्दै यस्ता कार्यमा होस्टेमा हैसे गर्न समन्वय समिति तयार रहेको बताए ।