मोरङका सहायक जिल्ला अधिकारी बने इन्टग्रिटी आइडल

मोरङका सहायक जिल्ला अधिकारी बने इन्टग्रिटी आइडल


मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टरग्रीटी आईडल बनेका छन् ।

अकाउन्टविलिटी ल्याव नेपालले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पौडेललाई आईडल घोषणा गरिएको हो ।

देशभरीका सरकारी कर्मचारीहरुमध्ये हरेक वर्ष कार्य क्षमता, विश्वसनियता र भोटको आधारमा छानिने प्रतियोगितामा ९ हजार ९ सय १ मत प्राप्त गरी पौडेल आईडल बनेका हुन् ।
यस्तै, यस वर्षको उत्कृष्ट सरकारी कर्मचारी काभ्रे जिल्लाका कृष्ण धिताल, काठमाडौँका सवनम पाठक, कालिकोटका सबराज बम र सिर्जना तिवारी रहेका छन् ।