साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपाल र भारत भिड्दै छन् । बंगलादेशमा जारी सो खेल नेपाली समयअनुसार अपरान्ह सवा २ बजे ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा हुनेछ ।
आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा पराजित नेपाल भारतविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने तयारीमा रहेको छ । तर, बंगलादेशसँग ६–० ले पराजित नेपाललाई भारतविरुद्ध जित निकाल्न निकै कठिन हुने देखिएको छ ।
भारतले आइतबार भएको पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा पराजित भएपनि भारतविरुद्ध मैदानमा उत्रदा नेपालले फरक रणनीति बनाउने अपेक्षा गरिएको छ ।
दक्षिण एसियाका चार राष्ट्र सहभागी च्याम्पियनसिपको फाइनल चरणमा पुग्न नेपाललाई भारतविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । यदि नेपाल भारतसँग पराजित भएमा नेपालको फाइनल चरण पुग्ने सम्भावना टुंगीने छ ।
प्रतिक्रिया