साताको राशिफल (पुस ५ बुधबार– ११ मंगलबार, २०७४)

साताको राशिफल (पुस ५ बुधबार– ११ मंगलबार, २०७४)


मेष
कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साताको पहिलो दिनबाट स्वास्थ्यमा समस्या आउला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृष
समय प्रतिकूल भई कुलतमा मन जानेछ । झुटा आरोप लाग्नेछ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । सौन्दर्यमा धन खर्च हुनेछ । साताको अन्त्यबाट दाम्पत्यजीवन सुखमय हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । अधुरो काम बन्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । रविबारबाट मानसिक चिन्ता बढ्नेछ । सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वरुण भगवान्को ध्यान गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । मुद्दा–मामिलामा सफलता पाइनेछ । राज्यबाट मान–सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ पहेँलो हो । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शन गरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

सिंह
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनीतिक अधिकारमा सफलता मिल्नेछ । सुखद यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । साताको पूर्वार्धबाट आर्थिक कारोबारमा विवाद आउनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या
यो साता त्यति अनुकूल छैन । आफ्नो विचारविपरीत निर्णय हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर–व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला । साताको अन्त्यबाट सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ कलेजी हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
नयाँ काम वा रोजगार पाइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्यमा सुधार आउला । मानसम्मान पाइनेछ । पार्टनरमा सफलता मिल्नेछ । भोजभतेरमा जाने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक
धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । रविबारबाट व्यस्तता बढ्नुका साथै कार्य सम्पादनमा समस्या आउनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ गाढा पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

धनु
कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सवारीसाधनको खरिद–बिक्री हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजाअर्चना गरी गरेको लगानीबाट सफलता मिल्नेछ ।

मकर
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । यात्रामा सावधानी अपनाउनुपर्नेछ । आर्थिक सङ्कट छाउनेछ । सौन्दर्यमा धन खर्च हुनेछ । साताको पहिलो दिनबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ कामको थालनी हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कुम्भ
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । छोटो दूरीको लाभदायी यात्रा पनि हुन सक्छ । बन्द–व्यापार र उद्योगधन्दामा फाइदा छ । पारिवारिक जीवनमा रमाइलोपना आउनेछ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीको स्मरण गरी यात्रा गर्दा सफलता प्राप्त मिल्नेछ ।

मीन
साताको पूर्वार्धमा मिश्रित फल मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । दाम्पत्यजीवन सुखमय हुनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।