राष्ट्रपतिको उम्मेदवार बन्ने चाहना गर्दा कर्णेललाई जेल

राष्ट्रपतिको उम्मेदवार बन्ने चाहना गर्दा कर्णेललाई जेल


आगामी वर्ष हुन गइरहेको इजिप्टको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई इजिप्टको सैनिक अदालतले मङ्गलबार ६ बर्षको जेल सजाय तोकेको छ । राष्ट्रपति अब्देल फताह अल सिसीसँग अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्न यही डिसेम्बर २ गते सैनिक कर्नेल कोनसोवाले इच्छा प्रकट गरेका थिए ।

राष्ट्रपतिका कानूनी सुरक्षा अधिकारी असाद हैकलले सेनाको जागिरे रहेका कोनसोवाको निर्वाचन लड्ने घोषणा इजिप्टको कानूनविपरित भएकोले उनलाई ६ बर्षको काराबास सजाय तोकिएको बताए । सैनिक सेवामा सक्रिय रहेको व्यक्तिले राजनीति गर्ने घोषणा गर्नु सैनिक कानूनको उल्लङ्घन हुने भएकोले सैनिक अदालतले उनलाई कारबाही स्वरुप जेल सजाय तोकिएको तर्क दिइएको छ ।

सिसीसँग प्रतिस्पर्धामा अर्का सम्भावित उम्मेदवार पूर्व तानाशाह हास्नी मुबारकको कार्यकालमा अन्तिम प्रधानमन्त्री रहेका अहमद साफिक रहेका छन् ।