‘प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर’

‘प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर’


नेपाली कांग्रेस  नेता प्रकाशमान सिंहले कांग्रेस निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुसार नियम पु-याएर काँग्रेसले सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

“कांग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,” उहाँले भन्नुभयो । सत्ताका लागि काँग्रेसले लोभ गरेको होइन तर सरकारमै विनाविभागीयमन्त्री बनेर बसेका दलका नेताहरुले कांग्रेसलाई नैतिकताको पाठ सिकाएकामा नेता सिंहले आश्चर्य व्यक्त गर्नुभयो ।

प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलकोे निराशाजनक सिट आए पनि समानुपातिकमा भने सन्तोषजनक नतिजा आएको उहाँले बताउनुभयो ।